आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली सरकारको ‘प्यारो’ आरडीटीमा नेगेटिभ, घर गएपछि २१ जनामा कोरोना पुष्टि

ओली सरकारको ‘प्यारो’ आरडीटीमा नेगेटिभ, घर गएपछि २१ जनामा कोरोना पुष्टि

  • मिडिया डबली
  • आइतवार, जेठ ३२ २०७७

  • 4.5K
    SHARES

  • ओली सरकारको ‘प्यारो’ आरडीटीमा नेगेटिभ, घर गएपछि २१ जनामा कोरोना पुष्टि

    काठमाडौं – जनस्तरमा तीब्र आलोचना भए पनि कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको ‘प्यारो’ र्‍यापिड डायग्नोस्टिक टेस्ट (आडीटी) किटले फेरि ठूलो धोका दिएको छ ।

    धादिङमा आरडीटी नेगेटिभ आएर घर पठाइएका २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको निलकण्ठ नगरपालिकाले भारतबाट फर्किएर १४ दिन क्वारेन्टाइनमा बसेका व्यक्तिलाई आरडीटी परीक्षण गरेर नेगेटिभ आएपछि घर पठाएको थियो ।

    घर गएको केही दिनपछि स्वाब संकलन गरेर पीसीआर जाँच गर्दा २१ जनामा संक्रमण पुष्टि भएको मेयर भीम ढुंगानाले बताएका छन् ।

    ‘त्यतिबेला पीसीआर टेस्टका किटको अभाव रहेकाले आरडीटी गरेर पठाएकोमा किट आएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ,’ उनले भने ।

    संक्रमण पुष्टि हुने व्यक्तिमा नगरपालिकाको वडा नम्बर ७ र १४ धुवाँकोटका ७/७ जना, वडा नम्बर १ का ६ जना र वडा नम्बर ४ का १ जना रहेका छन् ।

    अब संक्रमितको परिवारका सबै सदस्यको पीसीआर जाँच गरिने मेयर ढुंगानाले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ३२ २०७७०७:१५:३२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend