आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेकपाभित्र उकुसमुकुस, केपी ओलीलाई आइलाग्यो ठूलो संकट !

नेकपाभित्र उकुसमुकुस, केपी ओलीलाई आइलाग्यो ठूलो संकट !

  • मिडिया डबली
  • आइतवार, जेठ ३२ २०७७

  • 31.7K
    SHARES

  • नेकपाभित्र उकुसमुकुस, केपी ओलीलाई आइलाग्यो ठूलो संकट !

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक राजनीति उकुसमुकुस हुँदै गएको छ ।

    सरकारका कामकारवाही, पार्टीको भद्रगोल र अमेरिकी सहयोगको एमसीसी परियोजनाबारे खुलेर छलफल हुनुपर्ने बेला पार्टी सचिवालय बैठक नै बस्न नसक्ने अवस्था भएपछि नेताहरु उकुसमुकुस भएका छन् ।

    आज आईतबारका लागि बोलाइएको सचिवालय बैठक समेत स्थगित भएको छ । यसअघि पटक–पटक सचिवालय बैठक र स्थायी कमिटी बैठक स्थगित भएका छन् । आखिर प्रधानमन्त्री केपी शर्मा ओली बैठक नै राख्न नसक्ने ठूलो संकटमा कसरी फसे ?

    भारतले अतिक्रमण गरेको लिम्पियाधुरा लगायत क्षेत्र समेटेर नयाँ नक्सा जारी गर्दैै संविधान संशोधनसम्म आउँदा ओली ठूलै राष्ट्रवादी नेता बन्न खोजे । तर अब ओलीले नेकपाकै अधिकांश नेताले राष्ट्रघाती भनेको एमसीसी सम्झौता पारित गराउने योजना बनाइरहेका छन् ।

    अमेरिकी सहयोगको एमसीसीलाई पार्टीमा अनुमोदन गराएर संसदबाट पारित गराउनुपर्ने जिम्मेवारी ओलीका लागि सहज देखिँदैन । पार्टी सचिवालयका अधिकांश सदस्य एमसीसीको विरोधमा छन् । सचिवालयमा ओली, ईश्वर पोखरेल र विष्णु पौडेल मात्रै एमसीसीको पक्षमा रहेको बेला सचिवालय बैठक राख्दा बहुमतका आधारमा एमसीसीविरुद्ध निर्णय हुनसक्ने खतरा ओलीले देखेका छन् ।

    यसअघि बसेको नेकपा सचिवालय बैठकले एमसीसी सम्बन्धित पार्टीको अध्ययन कार्यदलले दिएको प्रतिवेदन अध्ययन गरेर आगामी बैठकमा निर्णय गर्ने सहमति भएको थियो । तर त्यसपछि नेकपा सचिवालय बैठक नै बस्न सकेको छैन । पटक–पटक बोलाइएका बैठक व्यस्तता देखाउँदै स्थगित हुँदै आएका छन् । आज आईतबार बोलाइएको बैठक समेत त्यस्तै भएको छ ।

    एमसीसीका बारेमा छलफल गर्न बोलाइएको सचिवालय बैठक अध्यक्ष र महासचिवको कार्यव्यस्तताका कारण स्थगित भएको जनाइएको छ । ‘अध्यक्ष तथा प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलको कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको सूचना आएको छ,’ एक सचिवालय सदस्यले भने । यसअघि नेकपा सचिवालय बैठक जेठ २७ गते पनि स्थगित भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ३२ २०७७०४:१७:०५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend