काठमाडौं – स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित नवलपरासीको प्रतापपुर गाउँपालिकामा अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा मृत्युु भएको छ ।
परासीमा राखिएको जिल्ला विपद् व्यस्थापन समितिको बैठकमा सहभागी हुन गएका शर्माको बर्दघाटमा भएको दुर्घटनामा मृत्यु भएको छ ।
गाडीको अगाडिबाट साइकलमा आउँदै गरेका यात्रुलाई जोगाउन खोज्दा गाडी कल्भर्टमा ठोक्किएर दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ । शर्माको उपचारको क्रममा चिसापानी अस्पताल बर्दघाटमा मृत्यु भएको हो ।
स्थानीय स्तरमा कांग्रेसका प्रभावशाली नेता मानिने ५१ वर्षीय शर्माको निधनले कांग्रेसलाई ठूलो क्षति पुगेको जिल्लास्तरीय नेताले जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।