सुर्खेत–दैलेखका कोरोना संक्रमितहरुमाथि प्रहरीले निर्मम ढंगबाट कुटपिट गरेको छ । ३२ दिनसम्म पनि पीसीआरको रिपोर्ट नआएपछि आन्दोलित बनेका संक्रमितहरुलाई प्रहरीले कुटपिट गरेको हो।
महिना दिन नाघ्दा समेत रिपोर्ट नदिएर आफूमाथि अत्याचार गरेको भन्दै शनिवार नारायण नगरपालिकास्थित त्रिभुवन माविको क्वारेन्टाइनमा राखिएका संक्रमितहरु सडकमा निस्किएका थिए ।
आन्दोलित बनेका उनीहरुमाथि प्रहरीले लाठी बर्साएको हो । प्रहरीको कुटपीटबाट चार जना संक्रमित घाइते भएका छन् । एक जनाको टाउको फुटेको छ ।
घाइतेहरुलाई सरस्वती मावि तर्ताङ्गमा रहेको आइसोलेसन वार्डमा उपचार भइरहेको प्रहरीले जनाएको छ। नारायण नगरपालिकाका विभिन्न वडाका कोरोना संक्रमितहरुलाई त्यही विद्यालयमा राखिएको छ ।
२९ जना संक्रमितसहित ४३ जनालाई सँगै राखिएको वडा नम्बर १ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठले जानकारी दिए । उनीहरु ३२ दिनसम्म क्वारेन्टाइनमा बस्दा पनि रिपोर्ट नआएको र घर जान पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
दैलेखमा शनिवारसम्म संक्रमितको संख्या पाँच सय नाघेको छ। यसले उनीहरुको उपचार र व्यवस्थापन भद्रगोल बनेको छ। स्थानीय तहले थेग्न नसकेपछि संक्रमितहरु सडकमा उत्रिन थालेका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।