आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यूरोपका नागरिकले डिसेम्बरबाट कोरोना विरुद्धको खोप पाउने, नेपालमा कहिले?

यूरोपका नागरिकले डिसेम्बरबाट कोरोना विरुद्धको खोप पाउने, नेपालमा कहिले?

  • मिडिया डबली
  • आइतवार, जेठ ३२ २०७७

  • 5.2K
    SHARES

  • यूरोपका नागरिकले डिसेम्बरबाट कोरोना विरुद्धको खोप पाउने, नेपालमा कहिले?

    काठमाडौं–युरोपेली मुलुकका नागरिकले अबको ६ महिनाभित्र कोरोना भाइरसविरुद्धको खोप पाउने भएका छन्। युरोपियन संघमा आबद्ध देशका जनताका लागि आउँदो डिसेम्बरसम्म ४० करोड डोज खोप उपलब्ध गराउने गरी इटाली, जर्मनी, फ्रान्स र नेदरल्यान्डले बेलायतको बायो फर्मास्युटिकल्स कम्पनी एस्ट्राजेनेकासँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

    शनिवार यस्तो सम्झौता भएको जर्मन सरकारले जनाएको छ। यस्तै इटालीका स्वास्थ्यमन्त्री रोबर्टो स्पेरन्जाले पनि आफ्नो फेसबुकमार्फत खोप उपलब्ध गराउने विषयमा सम्झौता भएको जानकारी दिएका छन्।


    उत्पादक कम्पनी एस्ट्राजेनेकाले यही वर्ष ९सन् २०२०० को अन्तिमसम्म पहिलो चरणको खोप वितरण सुरु भइसक्ने जनाएको छ। कम्पनीका प्रमुख एक्जिक्युटिभ पास्कल सारियोले भनेका छन्, ‘सबै थोक सही भयो भने युरोपका करोडौं नागरिकले यो खोप पाउने निश्चित छ।’

    यो खोपको पछिल्लो नाम एजेडडी १२२२ राखिएको कम्पनीले जनाएको छ। यो खोप कोरोनाविरुद्ध प्रभावकारी देखिएको कम्पनीका प्रमुख सारियोले बताएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ३२ २०७७०९:०८:०४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend