काठमाडौं–बिप्लव नेकपाका ललितपुर जिल्ला सदस्य सानुराजा बज्राचार्यबाट ग्रिनेड, बिस्फोटक पदार्थ, बम बनाउने सामग्रीसहित भारी परिमाणमा सामानहरु बरामद भएको छ । तारकेश्वर नगरपालिका–११, नेपालटार (गोङ्गबू) क्षेत्रस्थित उनको डेरामा आज छापा मार्दा ती सामान समातिएको हो ।
सानु खत्री केसीको उक्त घरमा डेरा लिई स्वयम्भू सानो भर्याङ्ग एरियामा बस्दै आएका बज्राचार्यले डेरालाई हतियार भण्डारण केन्द्रको रूपमा प्रयोग गरेको बताइन्छ ।
उनलाई हिजो बिहान साढे एघार बजे पाटन क्याम्पस पछाडि तापाहिटीबाट समातिएको थियो । उनैले देखाएबमोजिम आज छापा मार्दा त्यति सामान बरामद भएको हो । उनी विभिन्न नाउँमा तीन वटा फेसबुक अकाउन्टमार्फत साथीहरुसङ्ग सम्पर्कमा रहन्थे। जनआस्था साप्ताहिक
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।