आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मध्यराति पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता

मध्यराति पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता

  • मिडिया डबली
  • आइतवार, जेठ ३२ २०७७

  • 5.4K
    SHARES

  • मध्यराति पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता

    काठमाडौं – पर्वतको कुश्मा नगरपालिका–३ मा मध्यराति आएको पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ ।

    आईतबार बिहान थप २ जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक (इन्सपेक्टर) बुद्धि सुवेदीले बिहान थप २ जनाको शव भेटिएको बताए ।

    यसअघि तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापाको शव भेटिएको थियो । बिहान पहिरोले पुरिएका दिपा थापा र कमला विकको शव भेटिएको छ ।

    घटनामा अझै ४ जना बेपत्ता छन् । बेपत्ताको खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित गरिएको छ ।

    पहिरो गएको क्षेत्रमा शनिवार भारी वर्षा भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ३२ २०७७०८:३६:०३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend