आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना संक्रमितसँग प्रहरीको भिडन्त, ४ जना घाइते

कोरोना संक्रमितसँग प्रहरीको भिडन्त, ४ जना घाइते

  • मिडिया डबली
  • शनिवार, जेठ ३१ २०७७

  • 4.5K
    SHARES

  • कोरोना संक्रमितसँग प्रहरीको भिडन्त, ४ जना घाइते

    काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाममा सरकार असफल भएको आरोपबीच दैलेखमा कोरोना संक्रमितसँग प्रहरीको भिडन्त भएको छ ।

    दैलेखको नारायण नगरपालिकास्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका कोरोना संक्रमित र प्रहरीबीच झडप भएको हो ।

    आइसोलेसनमा महिनौंदेखि बस्दा समेत पुनः स्वास्थ्य जाँच नगरिएको, पीसीआर र आरडीटी पोजेटिभलाई एकैठाउँमा राखिएको, खानपिनकोे राम्रो व्यवस्थापन नभएपछि आक्रोशित कोरोना संक्रमितले आन्दोलन गर्दा प्रहरीसँग झडप भएको छ ।

    आइसोलेसनमा बसेका पीसीआर पोजेटिभ संक्रमितहरू घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरी स्थिति नियन्त्रणमा लिएको दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए । प्रहरीको कुटाइबाट १ जना घाइते भएका छन् भने ३ जना सामान्य घाइते भएका छन् । घाइते ४ जनालाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय लगिएको प्रहरीले जनाएको छ ।

    त्रिभुवन माध्यमिक विद्यालयको आइसोलेसनमा ३४ जना पीसीआर पोजेटिभ संक्रमितलाई राखिएको छ । केही दिनअघि विद्यालयको क्वारेन्टाइनमा राखिएका व्यक्तिले पानी समेत नपाएको भन्दै आन्दोलन गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३१ २०७७०९:४४:४६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend