आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चर्चित नेता गगन थापालाई बोल्न नदिने को हो ?

चर्चित नेता गगन थापालाई बोल्न नदिने को हो ?

  • मिडिया डबली
  • शनिवार, जेठ ३१ २०७७

  • 10.3K
    SHARES

  • चर्चित नेता गगन थापालाई बोल्न नदिने को हो ?

    काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता गगन थापाले संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा आफूलाई बोल्न नदिइएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

    सांसद थापाले संविधान संशोधन जस्तो गम्भीर विषयमा शनिवारको बैठकमा बोल्न नदिएकोप्रति आक्रोश पोखेका छन् ।

    सिर्जनात्मक प्रस्तुती र शैलीसहित संसदमा बोल्ने नेता गगन थापा नबोले पछि धेरैको मनमा किन बोलेनन् भन्ने लाग्यो होला । तर सांसद थापाले संसदमा बोल्न नदिइएको जनाएका छन् ।

    सांसद थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज किन नबोलेको भनेर धेरै साथीले सोध्नुभएको छ । संविधान संशोधन जस्तो महत्त्वपूर्ण विषयको दफावार छलफलमा सभामुखले दललाई समय तोकेर दिने, दलले मान्छे तोकेर बोल्न दिने अनि बोल्न पाउँ भन्दा सभामुखले दललाई भन्नुस भन्ने ! चलन यस्तै हो रे ! यस्तै चलनले हो सांसदको भूमिका खुम्चिएको ।’

    सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै सांसद थापाले लिम्पियाधुरा सहितको नक्सा समेटिएको निसान छाप संसदबाट पारित भएकोमा भने खुसी व्यक्त गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३१ २०७७०८:४६:२०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend