आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

  • मिडिया डबली
  • शनिवार, जेठ ३१ २०७७

  • 4.3K
    SHARES

  • थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा समेत ह्वात्तै बढिरहेका बेला शनिवार साँझ सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङ सकिएपछि साँझ ५ बजे प्रेस विज्ञप्ति जारी गर्दै सेती प्रादेशिक अस्पतालले ६४ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

    प्रदेशमा देखिएका कोरोना संक्रमितलाई स्वास्थ्य मन्त्रालयले ढिलो गरी अर्काे दिन पुष्टि गर्ने गरेको छ । प्रदेशका अस्पतालले स्वास्थ्य मन्त्रालयले भन्दा छिट्टै संक्रमितको विवरण सार्वजनिक गर्ने गरेका छन् । अस्पतालको विवरणअनुसार डडेल्धुराको नवदुर्गा गाउँपालिकामा १ महिलासहित २३ जनामा संक्रमण पुष्टि भएको छ ।

    कञ्चनपुरको लालझाडीमा २ महिलासहित १४ जना, कैलालीको चुरै गाउँपालिकामा ५ पुरुष, कञ्चनपुरको महाकाली नगरपालिकामा ३ पुरुष र पुनर्वास नगरपालिकामा २ पुरुषमा संक्रमण देखिएको छ ।

    बझाङको बित्थडचीर गाउँपालिकामा १ महिलासहित २ जना, केदारश्यूं गाउँपालिकामा २ पुरुष, डडेल्धुराको अमरगढी नगरपालिकामा १ महिला, डोटीको जोरायल गाउँपालिकामा १ महिलासहित २ जना र सायल गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

    कैलालीको धनगढी उपमहानगरपालिकाका २ जना, गोदावरी नगरपालिकाका १ महिलासहित २ जना, लम्कीचुहा नगरपालिकाका १ पुरुष, टीकापुर नगरपालिकाका १ पुरुष, कञ्चनपुरको बेदकोटका १ महिला र कञ्चनपुरका १ पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा २७६ जनाको स्वाबमध्ये ६४ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । नयाँ संक्रमितसँगै प्रदेशमा कुल संक्रमितको संख्या २४२ पुगेको छ । प्रदेशमा हालसम्म ६ हजार ३१२ जनाको स्वाब परीक्षण भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३१ २०७७०८:२०:२३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend