काठमाडौं – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई केही दिनअघि पार्टीको चौथो वरियतामा परेपछि चर्चामा आए ।
डा. भट्टराई नेपाली राजनीतिमा बौद्धिक नेताको रुपमा चिनिन्छन् । संसदमा हुने हरेक बहस र छलफलमा सक्रिय रुपमा सहभागी हुन्छन् । तर शनिबार भएको संविधान संशोधनको ऐतिहासिक छलफलमा उनी सहभागी हुन पाएनन् ।
समाजवादी पार्टीको तर्फबाट उपेन्द्र यादव र राजपाको तर्फबाट राजेन्द्र महतो बोलेपछि डा. भट्टराईले बोल्न पाएनन् । बैठकबाट घर फर्केपछि भट्टराईले उपेन्द्र र राजेन्द्र दुवैलाई बधाई दिँदै ट्विट गरेका छन् ।
नेता डा. भट्टराईले नयाँ नक्सा सहितको संविधान संशोधन पारित हुनु सबै नेपालीका निम्ति गर्वको विषय रहेको बताए । नयाँ नक्सा अनुसार नेपालको निशान छाप अद्यावधिक गर्न सरकारले संसदमा पेश गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिवार प्रतिनिधि सभाबाट सर्वसम्मत पारित भएको छ ।
डा. भट्टराईले शनिबार साँझ ट्विट गर्दै काठमाडौंले सधै शंकाको दृष्टिले हेर्ने मधेश नेपाली राष्ट्रियताको पहरेदारको रुपमा आमजनमानसमा स्थापित भएको समेत बताए । जसपाका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतोलाई उनले बधाई पनि दिएका छन् ।
भट्टराईले लेखेका छन्, ‘नयाँ नक्सा सहितको संविधान संशोधन २५८ विरूद्ध ० मतले पारित हुनु सबै नेपालीको निम्ति गर्वको विषय त हुँदै हो । त्योभन्दा दूरगामी महत्त्वको विषय काठमाडौंले सधैं शंकाको दृष्टिले हेर्ने मधेश नेपाली राष्ट्रियताको पहरेदारको रुपमा आमजनमानसमा स्थापित हुनु हो ! बधाई उपेन्द्र यादव र राजेन्द्र महतो !’
नयाँ नक्सा सहितको संविधान संशोधन२५८विरूद्ध ० मतले पारित हुनु सबै नेपालीकोनिम्ति गर्वको बिषय त हुँदै हो।त्यो भन्दा दूरगामी महत्वको विषय काठमाण्डौले सधैं शंकाको दृष्टिले हेर्ने मधेश नेपाली राष्ट्रियताको पहरेदारको रूपमा आमजनमानसमा स्थापित हुनु हो!वधाइ उपेन्द्र यादव र राजेन्द्र महतो!
— Baburam Bhattarai (@brb1954) June 13, 2020
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।