आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपालमा संविधान संशोधन भएपछि भारतबाट तत्कालै आयो जवाफ !

नेपालमा संविधान संशोधन भएपछि भारतबाट तत्कालै आयो जवाफ !

  • मिडिया डबली
  • शनिवार, जेठ ३१ २०७७

  • 16.7K
    SHARES

  • नेपालमा संविधान संशोधन भएपछि भारतबाट तत्कालै आयो जवाफ !

    काठमाडौं – भारतले अतिक्रमण गरेका नेपाली भूमि समावेश गरी नेपालले जारी गरेको नयाँ नक्सा संविधानमा समावेश गर्ने गरी संशोधन पारित भएपछि भारतले तत्कालै प्रक्रिया जनाएको छ ।

    नयाँ नक्सा अनुसार संविधानमा भएको निशान छाप परिर्वतन गर्न नेपालले गरेको संविधान संशोधनमा भारतले प्रतिक्रिया जनाउँदै सहमतिको उल्लंघन भएको दाबी गरेको छ ।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले वक्तव्य जारी गर्दै भारतको केही क्षेत्रलाई समावेश गरेको नयाँ नक्साका लागि नेपालको संविधान संशोधन भएको कुरालाई जानकारीमा राखेको जनाएका छन् ।

    नेपाली भूभाग लिम्पियाधुरा, महाकाली र लिपुलेक क्षेत्र आफ्नो भएको नेपाली पक्षको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको रटान भारतको रहेको छ ।

    विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले भने, ‘यसले सीमा विवादमा वार्तामार्फत समस्याको समाधान खोज्ने हाम्रो समझदारी पनि उल्लंघन भएको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३१ २०७७०७:५८:२०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend