आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रचण्डका यी ‘खास सांसद’ ऐतिहासिक दिनमै कता गायब ?

प्रचण्डका यी ‘खास सांसद’ ऐतिहासिक दिनमै कता गायब ?

  • मिडिया डबली
  • शनिवार, जेठ ३१ २०७७

  • 12.6K
    SHARES

  • प्रचण्डका यी ‘खास सांसद’ ऐतिहासिक दिनमै कता गायब ?

    काठमाडौं – संसद बैठकले लिम्पियाधुरा सहितको नयाँ नक्सालाई संविधानमा भएको निसान छापमा समावेश गर्ने दिन को–को सांसद अनुपस्थित भए भन्ने लेखाजोखा भए ।

    संसदमा अनुपस्थित भएका अनेक सांसदमध्ये एउटा नाम हो हरिबोल गजुरेल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अत्यन्तै निकट रहेर पार्टीमा काम गर्ने ‘खास सांसद’ नै ऐतिहासिक बैठकमा अनुपस्थित भएपछि सामाजिक सञ्जालमा प्रश्न गर्न थालिएको छ ।

    संविधान संशोधन गरेको संसद बैठकमा १५ जना सांसद अनुपस्थित रहेका थिए । संविधान संशोधनको पक्षमा प्रतिनिधिसभामा उपस्थित २५८ सांसदले मतदान गर्दा १५ जना सांसद अनुपस्थित भएका छन् ।

    प्रतिनिधि सभामा २७५ सांसद रहेकोमा २५८ सांसदले संशोधनको पक्षमा मतदान गर्दा विपक्षमा शून्य मत परेको छ ।

    यी हुन् बैठकमा अनुपस्थित सांसदहरू

    अमृतादेवी अग्रहरी
    गोपालबहादुर बम
    दुलारीदेवी खत्वेनी
    धनबहादुर बुढा
    नागेन्द्रकुमार चौधरी
    प्रमोद साह
    शिवकुमार मण्डल
    सरिता गिरी
    सूर्यनारायणण यादव
    सूर्यबहादुर केसी
    हरिबोल गजुरेल
    ज्ञानकुमारी छन्त्याल

    प्रतिनिधि सभाका निलम्बित ४ सांसद भने बैठकमा उपस्थित हुन पाएनन् । निलम्बित सांसदमा विजयकुमार गच्छदार, मोहम्मद आफ्ताव आलम, हरिनारायण रौनिया र रेशम चौधरी रहेका छन् ।

    सभामुख अग्नि सापकोटालाई मतदान गर्ने अधिकार नहुने भएकाले उनले समेत मतदान गरेनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३१ २०७७०७:४७:०४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend