आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपालको संविधान संशोधन विधेयक संसदबाट पारित

नेपालको संविधान संशोधन विधेयक संसदबाट पारित

  • मिडिया डबली
  • शनिवार, जेठ ३१ २०७७

  • 6.3K
    SHARES

  • नेपालको संविधान संशोधन विधेयक संसदबाट पारित

    काठमाडौं – सरकारले जारी गरेको नयाँ नक्सा अनुसार नेपालको निसाना छाप अद्यावधिक गर्न सरकारले संसदमा पेश गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट दुईतिहाइ बढी बहुमतले पारित भएको छ ।

    शनिवार बसेको प्रतिनिधिसभा बैठकले संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरेको हो ।

    प्रतिनिधि सभामा भएको मतविभाजनमा २५८ सांसदले विधेयकको पक्षमा मतदान गरेका छन् भने विपक्षमा शुन्य मत परेको छ ।

    शनिवार प्रतिनिधिसभा बैठकमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेकी थिइन् ।

    अब लिम्पियाधुरा सहितको नेपालको नक्सा संविधानमा भएको निसान छापमा पुगेको छ । संविधान संशोधन विधेयकमा सबै दलले समर्थन गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३१ २०७७०७:१२:०६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend