आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनामा १० अर्ब सकियो भन्ने सरकारले गर्‍यो ८ अर्ब ३९ करोडको हिसाब सार्वजनिक, डेढ अर्ब खै ?

कोरोनामा १० अर्ब सकियो भन्ने सरकारले गर्‍यो ८ अर्ब ३९ करोडको हिसाब सार्वजनिक, डेढ अर्ब खै ?

  • मिडिया डबली
  • शनिवार, जेठ ३१ २०७७

  • 6.1K
    SHARES

  • कोरोनामा १० अर्ब सकियो भन्ने सरकारले गर्‍यो ८ अर्ब ३९ करोडको हिसाब सार्वजनिक, डेढ अर्ब खै ?

    काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा हालसम्म करीब ८ अर्ब ३९ करोड रुपैयाँ खर्चको विवरण सार्वजनिक गरेको छ  ।

    यसअघि सरकारले कोरोनामा १० अर्ब खर्च भएको भनेर कूल रकम सार्वजनिक गरेको थियो । तर अहिले ८ अर्ब ३९ करोडको हिसाब मात्रै सार्वजनिक गरिएको छ ।

    कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ । नेपालमा पहिलो संक्रमण आशंकामा संकलन गरिएको स्वाब नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो । गुणस्तरीय र व्यवस्थित प्रयोगशालाको अभाव रहेको अवस्थाबाट ३ महिनाको अवधिमा देशमा २० भन्दा बढी प्रयोगशाला सरकारले स्थापना गरिसकेको छ । भारतलगायत विभिन्न देशबाट आएका १ लाख ५८ हजार ५० जना नेपाली अहिले क्वारेन्टाइनमा रहेका छन् ।

    अर्थ मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा मात्र ९८ करोड ५० हजार रुपैयाँ खर्च भएको छ । औषधि र स्वास्थ्य सामग्री खरिदमा १ अर्ब ४९ करोड ७५ लाख ५० हजार, क्वारेन्टाइन व्यवस्थापनमा ४ करोड १९ लाख ९८ हजार र अन्य विविध खर्चका रूपमा १३ करोड ४ लाख ३१ हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा २ अर्ब ७१ करोड २९ लाख ४७ हजार रुपैयाँ निकासा भएकोमा हालसम्म १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।

    रक्षा मन्त्रालयमा २ अर्ब ३८ करोड ५९ लाख २७ हजार निकासा भएकोमा २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ । जसमध्ये दुई अर्ब ३६ करोड ९५ लाख २७ हजार रुपैयाँ औषधि तथा स्वास्थ्य सामग्री खरिदमा खर्च भएको जनाइएको छ । क्वारेन्टाइन निर्माणमा १ करोड २९ लाख रुपैयाँ र विविध अन्य ३५ लाख रुपैयाँ खर्च भएको छ ।

    मन्त्रालयका अनुसार गृह मन्त्रालयमार्फत २ करोड ४५ लाख ८८ हजार रुपैयाँ खर्च भएको छ । परराष्ट्र मन्त्रालयमा ६५ लाख निकासा भएको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ६ करोड निकासा भएकोमा ५ करोड २० लाख रुपैयाँ खर्च भएको छ ।

    शहरी विकास मन्त्रालयमा १ करोड ४२ लाख, प्रदेशका सामाजिक विकास मन्त्रालयहरू (सातै प्रदेश) मार्फत १५ करोड ७५ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । जसमध्ये सहरी विकास मन्त्रालयको बजेट क्वारेन्टाइन निर्माणमा खर्च भएको जनाइएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा १४ करोड र औषधि तथा स्वास्थ्य सामग्री खरिदमा १ करोड ७५ लाख रुपियाँ खर्च भएको जनाइएको छ ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत प्रविधि विकास र वैकल्पिक सिकाइका लागि २६ करोड ७५ लाख ७८ हजार निकासा भएकोमा दुई करोड ६९ लाख ७८ हजार रुपियाँ खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा संलग्न ८ मन्त्रालयमा जम्मा ५ अर्ब ६२ करोड ९२ लाख ४० हजार निकासा भएकोमा ४ अर्ब १० करोड ५५ लाख ६ हजार रुपैयाँ खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    प्रदेश सरकारमार्फत १ अर्ब ३० करोड ४ लाख ९९ हजार रुपैयाँ खर्च भएको जनाइएको छ । जसअनुसार प्रदेश १ ले १९ करोड ३५ लाख ६० हजार, प्रदेश २ मा १३ करोड ३९ लाख ४६ हजार, बाग्मती प्रदेशले १३ करोड ६७ लाख, गण्डकीले १५ करोड ४२ लाख १० हजार, प्रदेश ५ ले ७ करोड ७९ लाख ३० हजार, कर्णालीले २३ करोड ९२ लाख ८३ हजार र सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ ।

    स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३१ २०७७०६:५२:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend