आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली सरकारको आधिकारिक वेबसाइटमा पुरानै नक्सा ! छैन लिम्पियाधुरा

ओली सरकारको आधिकारिक वेबसाइटमा पुरानै नक्सा ! छैन लिम्पियाधुरा

  • मिडिया डबली
  • शनिवार, जेठ ३१ २०७७

  • 5.4K
    SHARES

  • ओली सरकारको आधिकारिक वेबसाइटमा पुरानै नक्सा ! छैन लिम्पियाधुरा

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल सरकारको आधिकारिक पोर्टलमा पुरानै नक्सा राखिएको छ ।

    नेपाल सरकारले नयाँ नक्सा जारी गरेको महिना दिन हुन लाग्दा पनि आधिकारिक पोर्टलमा लिम्पियाधुरासहित नक्सा राखिएको छैन ।

    आधिकारिक पोर्टलमा प्रवेश गर्दा सबैभन्दा पहिले नक्सा नै आउँछ । त्यहाँ पुरानै नक्सा स्पष्ट देख्न सकिन्छ । पुरानो कालापानी र लिपुलेकसम्म मात्रै समेटिएको नक्सा पोर्टलमा छ ।

    नेपालका ७ प्रदेश, ७५३ स्थानीय तहका साथै देशको इतिहास, भूगोल, भाषा, जनता, ठाउँलगायत सबै जानकारी प्राप्त गर्ने माध्यम नै आधिकारिक पोर्टल हो । देशको सबै जानकारी हुने पोर्टलमा नेपालको नक्सा नै गलत राख्नु गैरजिम्मेवारीपन भएको जानकारहरू बताउँछन् ।

    मन्त्रिपरिषद्ले जेठ ५ गते निर्णय गरेर ७ गते लिम्पियाधुरासहित नक्सा जारी गरेको थियो । नक्सा राजपत्रमा प्रकाशन भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै मन्त्रालयमा नयाँ नक्सा प्रयोगका लागि परिपत्र गरेको थियो ।

    मन्त्रालयका प्रवक्ता एवं सहसचिव जनकराज जोशीले राजपत्रमा प्रकाशन हुनेबित्तिकै नयाँ नक्सा प्रयोग गर्न सबै मन्त्रालय, संवैधानिक निकाय, सरकारी कार्यालयमा परिपत्र गरेको जानकारी दिए । ‘जेठ ५ गते राजपत्रमा प्रकाशन भयो, हामीले तत्कालै नयाँ नक्सा प्रयोग गर्न सबै सरकारी निकायमा परिपत्र गरेका हौं,’ उनले भने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सबै प्रदेश, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सबै स्थानीय निकायमा नयाँ नक्सा प्रयोग गर्न परिपत्र गरिएको छ । परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नियोग, विदेशस्थित नेपाली राजदूतावासमा पत्राचार भइरहेको छ ।

    सरकारले नक्सा जारी गरिसकेकाले अब सबैले लिम्पियाधुरासहितको नयाँ नक्सा अनिवार्य रूपमा प्रयोग गर्ने जोशीले बताए । नापी विभागले पनि नयाँ नक्सा प्रयोग गर्न सबैलाई आह्वान गर्दै सार्वजनिक सूचना जारी गरिसकेको छ । तर सरकारकै जिम्मेवार निकायमा अझै गलत नक्सा प्रयोग गरिरहेका छन् ।

    संविधान संशोधनपछि मन्त्री, सांसदको लोगो, लेटर प्याड, छाप, साइनबोर्ड, वेबसाइटमा निसान छाप परिवर्तन गर्नुपर्ने भूमि सहसचिव जोशीले बताए। लिम्पियाधुरासहित नक्सा संविधानको निसान छापमा राख्ने प्रस्ताव संसद्मा छ । सिंगो संसद् प्रस्तावको पक्षमा उभिएको छ । प्रक्रियागत रूपमा मात्रै पारित हुन बाँकी छ ।

    विश्वविद्यालय, विद्यालयका पाठ्य सामग्रीमा अनिवार्य रूपमा नयाँ नक्सा राखेर मात्रै प्रकाशन गरी वितरण गर्नुपर्ने उनले बताए । ‘पुस्तकलगायत शैक्षिक सामग्रीमा नयाँ राखेर मात्रै प्रकाशन गरी वितरण गर्नुपर्छ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३१ २०७७०६:४१:३५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend