आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आरडीटी पोजेटिभ आएका ५ वर्षीय बालकको पीसीआर रिपोर्ट नआउँदै मृत्यु

आरडीटी पोजेटिभ आएका ५ वर्षीय बालकको पीसीआर रिपोर्ट नआउँदै मृत्यु

  • मिडिया डबली
  • शुक्रवार, जेठ ३० २०७७

  • 6.1K
    SHARES

  • आरडीटी पोजेटिभ आएका ५ वर्षीय बालकको पीसीआर रिपोर्ट नआउँदै मृत्यु

    काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका बेला सरकारले पीसीआर परीक्षणमा ढिलाइ गरिरहेको सर्वत्र गुनासो आइरहेका बेला बारामा यस्तै घटना भएको छ ।

    बाराको निजगढका आरडीटी पोजेटिभ देखिएका ५ वर्षीय बालकको पीसीआर परीक्षण नहुँदै वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    आज शुक्रवार बिहान ११ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएका बालक निमोनियाले ग्रस्त रहेका अस्पतालले जनाएको छ ।

    बालकलाई भेन्टिलेटरमा राख्नुअघि र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो । अस्पतालमा उपचारकै क्रममा बालकको मृत्यु भयो ।

    बालकको आज साँझ मृत्यु भएको र स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको अस्पतालका सञ्चालक डा. अबुल हैस अन्सारीले बताएका छन् । ‘पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको ल्याबमा स्वाब पठाएका छौं,’ उनले भने ‘रिपोर्ट आउन बाँकी रहेको छ ।’

    यसअघि समेत सरकारले पीसीआर परीक्षण गर्नुअघि नै मृत्यु भएका घटना सार्वजनिक भएका छन् । लक्षण नदेखिएका बिरामी सामान्य अस्पताल बसाइकै क्रममा निको हुने गरे पनि लक्षण देखिएका बिरामीलाई सरकारले उपचारको प्रभावकारी व्यवस्था गर्न सकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ ३० २०७७०८:१२:१६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend