आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अन्ततः झुक्यो कम्युनिस्ट सरकार, विवादित आरडिटी टेस्ट रोक्ने तयारी

अन्ततः झुक्यो कम्युनिस्ट सरकार, विवादित आरडिटी टेस्ट रोक्ने तयारी

  • मिडिया डबली
  • शुक्रवार, जेठ ३० २०७७

  • 5.7K
    SHARES

  • अन्ततः झुक्यो कम्युनिस्ट सरकार, विवादित आरडिटी टेस्ट रोक्ने तयारी

    काठमाडौं–आलोचना भएपछि सरकारले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण कम गर्ने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब लामो समयसम्म क्वारेन्टिनमा बसेकाहरूको मात्र एन्टिबडी भए–नभएको खुट्याउन आरडिटी गर्ने तयारी रहेको जनाएका छन्।

    डा. गौतमले क्वारेन्टिनमा १४ दिन पुगेका मानिसहरू छन् र त्यहाँ नयाँ मान्छे नथपिएको अवस्थामा पनि पिसिआर परीक्षण गर्नु नपर्ने बताए। सरकारले सुरूमै आरडिटी किट प्रयोगमा ल्याउँदा विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेको भन्दै विज्ञहरूले यसको प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका थिए। तर सरकारले भने पिसिआर भन्दा आरडिटी किटमै जोड दियो।


    केही समयअघि पनि भारतबाट आएकाहरूलाई सरकारले भटाभट आरडिटी परीक्षण गर्दै घर पठाएको थियो। तर घर गएर क्वारेन्टिन बसाइमा धेरैमा संक्रमण देखिएको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ ३० २०७७०९:२६:२३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend