काठमाडौं–छाउनीस्थित वीरेन्द्र अस्पतालमा कार्यरत एक सैनिकले छातीमा गोली हानी आत्महत्या गरेका छन्। बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका डम्बरबहादुर विष्टले मध्यराति आत्महत्या गरेका हुन्।
छाउनी अस्पतालका एक अधिकृतका अनुसार ‘मेडिकल कोर्स’ गरिरहेका विष्टले बिहीबार राति १२ बजेतिर ड्युटीमै रहेका बेला आफ्नो छातीमा आफैंले गोली हानेका हुन्।
आफ्नो साथमा रहेको एसएलआरले छातिमा एक राउन्ड गोली हानेका हुन्। घटनास्थलमै उनको मृत्यु भएको छाउनी अस्पतालले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।