काठमाडौं – विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमितको संख्या नेपालमा बढ्दै गइरहेको छ ।
शुक्रबार बिहान गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विभिन्न ४ जिल्लाका ३७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । निर्देशनालयका अनुसार शुक्रबार बिहान सबैभन्दा धेरै स्याङ्जामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्वतका १३ जना, तनहुँको १ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कूल कोरोना संक्रमितको संख्या १८८ पुगेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।