आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली सरकारविरुद्ध असार २ गते देशव्यापी कार्यक्रम गर्दै नेपाली कांग्रेस

ओली सरकारविरुद्ध असार २ गते देशव्यापी कार्यक्रम गर्दै नेपाली कांग्रेस

  • मिडिया डबली
  • शुक्रवार, जेठ ३० २०७७

  • 6.4K
    SHARES

  • ओली सरकारविरुद्ध असार २ गते देशव्यापी कार्यक्रम गर्दै नेपाली कांग्रेस

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमणका कारण बनेको परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराउन आगामी असार २ गते स्वदेश र विदेशबाट एक साथ कार्यक्रम गर्ने भएको छ ।

    कोरोनाको महामारी रोकथाम र नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउनका लागि नेपाल सरकारले तत्काल चाल्नुपर्ने कदमका सम्बन्धमा सामाजिक दूरी कायम गरी प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    कार्यक्रमअन्तर्गत कांग्रेस संघीय संसद, संसदीय दलका तर्फबाट प्रधानमन्त्रीसमक्ष, कांग्रेस प्रदेशसभा संसदीय दलका तर्फबाट प्रदेश सरकारसँग सम्बन्धित विषयवस्तुमा प्रदेश सरकारका मुख्यमन्त्रीसमक्ष र संघीय सरकारसँग सम्बन्धित विषयवस्तुमा प्रदेश सरकारका मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराइने कांग्रेसले जनाएको छ ।

    कांग्रेसका ७७ वटै जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीमार्फत र विदेशस्थित नेपाली जनसम्पर्क समितिका तर्फबाट नेपाली दूतावासमार्फत प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराइने कार्यक्रम गरेको उनले बताए ।

    आमनागरिकमा सन्त्रास बढ्दै गएको, पीसीआर परीक्षण सुस्त गतिमा भएको, मापदण्ड विपरीतका क्वारेन्टाइन निर्माण गरी क्वारेन्टाइननै संक्रमण बढाउने कारखाना बन्दै गएको, विपन्न नागरिक र श्रम गरेर जीविकोपार्जन गर्ने श्रमिक खानाका अभावमा भोकै परिसकेको आरोप कांग्रेसले लगाएको छ । कांग्रेसले कृषि, पर्यटन र उद्योग व्यवसायको पुनरुत्थानका लागि राहतको कुनै कार्यक्रम ल्याउन नसकेको, रोजगारी सिर्जनाका लागि खासै योजना, नीति तथा कार्यक्रम नल्याएको, श्रमिक, बेरोजगार, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, एकल महिला र गर्भवतीलाई राहत एवं कुनै पनि विशेष कार्ययोजना ल्याउन नसकेको टिप्पणी पनि गरेको छ ।

    जेठ २६ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेबमोजिम पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई बुधवार ध्यानाकर्षणपत्र बुझाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ ३० २०७७०७:१७:२८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend