आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बैंकहरूलाई राष्ट्रबैंकको कडा निर्देशन : अब बिदा भन्न नपाइने, शनिवार पनि खुला !

बैंकहरूलाई राष्ट्रबैंकको कडा निर्देशन : अब बिदा भन्न नपाइने, शनिवार पनि खुला !

  • मिडिया डबली
  • शुक्रवार, जेठ ३० २०७७

  • 5.1K
    SHARES

  • बैंकहरूलाई राष्ट्रबैंकको कडा निर्देशन : अब बिदा भन्न नपाइने, शनिवार पनि खुला !

    काठमाडौं – नेपाल राष्ट्रबैंकले सबै वर्गका बैंकलाई शनिवार लगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ ।

    करदाताहरुले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ गतेसम्म सार्वजनिक बिदामा पनि बैंकहरुका सम्पूर्ण राजस्व संकलन गर्ने शाखा, काउन्टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउस समेत पूर्णकालीन रुपमा खोल्न निर्देशन दिइएको नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक देवकुमार ढकालले बताएका छन् ।

    सार्वजनिक बिदामा पनि करीब ४ देखि ५ हजार चेक क्लियरिङ हुँदै आएको र दैनिक रुपमा बढ्दो क्रममा रहेको राष्ट्रबैंकले जनाएको छ ।

    यसबाट सरकारी भुक्तानी, कर तथा राजस्व संकलन र सामान्य व्यक्तिलाई पनि निकै सहज हुन थालेको राष्ट्रबैंकको दाबी छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ ३० २०७७०६:४८:०९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend