आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

असार १ गतेदेखि देशभरका विद्यालय खुल्ने, यस्तो छ सरकारी निर्णय

असार १ गतेदेखि देशभरका विद्यालय खुल्ने, यस्तो छ सरकारी निर्णय

  • मिडिया डबली
  • बिहिवार, जेठ २९ २०७७

  • 17.7K
    SHARES

  • असार १ गतेदेखि देशभरका विद्यालय खुल्ने, यस्तो छ सरकारी निर्णय
    फाइल तस्बिर

    काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि गरेको लकडाउन खुकुलो पार्ने निर्णय गरेसँगै असार १ गतेदेखि देशभरका विद्यालय खुल्ने भएका छन् ।

    मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले असार १ गतेदेखि विद्यालयका कार्यालय खोल्न पाइने जानकारी दिए । विद्यालय कार्यालय खोले पनि पठनपाठन भने सञ्चालन हुने छैन ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने वैकल्पिक पठनपाठनका लागि प्रविधिको पहुँच नभएका विद्यार्थीलाई विद्यालयमा समूहगत रुपमा बोलाएर सामाजिक दूरी कायम गर्दै पठनपाठन गर्न सकिने निर्देशिका जारी गरेको छ । प्रविधिमा पहुँच भएका विद्यार्थीलाई रेडियो, टेलिभिजन, कम्युनिस्ट, मोबाइलबाट पठनपाठन गर्न सकिने भए पनि प्रविधिमा पहुँच नभएका विद्यार्थीलाई विद्यालयमा पठनपाठन गर्न सकिने विकल्प खुला राखिएको छ ।

    सरकारले २०७६ चैत ११ गतेदेखि गरेको लकडाउन आज बिहीबारबाट खुकुलो भएको छ भने असार १ गतेबाट झन् खुकुलो हुने भएको छ । प्रवक्ता खतिवडाका अनुसार सरकारले पहिलो चरणमा २१ दिनका लागि लकडाउन केही खुकुलो पार्ने निर्णय गरेको छ ।

    सरकारी निर्णय अनुसार उद्योग, कलकारखाना, सरकारी र निजी कार्यालय सञ्चालन गर्न सकिने भएको छ ।

    यस्ता छन् खोल्न मिल्ने क्षेत्रहरू

    – फोहोरमैला व्यवस्थापन

    – विद्युत, दमकल, सञ्चार र हुलाक सम्बन्धी कार्यालय र सवारी साधन,

    – बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा,

    – नर्सरी र वन जन्य उद्यम खुला भएको छ । (कृषिकै अंगको रुपमा चल्ने भएकाले खुला गरिएको हो) ।

    – विकास आयोजना निजी क्षेत्रबाट प्रवद्धित पूर्वाधार र जलविद्युत् आयोजना निर्वाध सञ्चालन गर्ने,

    – नदी तथा खानीजन्य पदार्थको उत्पादन, संकलन र बिक्री वितरण खुला,

    – रेस्टुरेन्ट खान ल्याउर सेवा लिन सकिन्छ । प्याकिङ खान परिवारसँग खान सकिन्छ र खाना संकलन गर्न सकिन्छ तर रेस्टुरेन्टमा बसेर खान पाइँदैन ।

    – क्वारेन्टाइनका लागि तोकिएका होटल र त्यसका यातायात साधन सञ्चालन गरिने अन्य सञ्चालन नगर्ने ।

    – सरकारी कार्यालय,

    – शिक्षण संस्थाका कार्यालय,

    – गैरसरकारी संस्थाका कार्यालय (सबै कार्यालय यातायात र कार्यस्थलमा सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्नुपर्नेछ । कार्यालय दुई सिफ्ट बिहान ८ देखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म) पूर्ण रुपमा सञ्चालन गर्न पाइने छ,

    – जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी कार्यालयका सवारीसाधन श्रमिकको आवगमनका लागि सञ्चालन गरिने । यसरी सञ्चालन हुने सवारीसाधनको सिटको एक लहरमा एकजना मात्र यात्रु राख्न पाइने छ । गाडीमा सवार सबैले मास्कसँगै सबै स्वास्थ्य सुरक्षाका मापदण्ड उपयोग गर्नुपर्नेछ,

    (सञ्चालन हुने कार्यालय र उद्योग क्षेत्रलाई सम्बन्धित मन्त्रालयले जनस्वास्थ्य र सुरक्षा मापदण्डका लागि प्रोटोकल लागू गर्नुपर्नेछ ।

    – यी सबै निर्णय असार १ गतेदेखि लागू हुनेछन् ।

    यी १३ क्षेत्र सञ्चालनमा रोक

    – शैक्षिक संस्था (विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर र तालिम केन्द्र),

    – अनुमति प्राप्तबाहेक आन्तरिक र अन्तर्राष्ट्रिय उडान,

    – तोकिए बाहेकका अन्तराष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत,

    – सबै प्रकारका तालिम, गोष्ठी, सभा र सेमिनार,

    – सबै प्रकारका प्रदर्शन भेला र सम्मेलन,

    – सिनेमा हल, पार्टी प्यालेस, डान्स बार लगायतका मनोरञ्जनस्थल,

    – सार्वजनिक पुस्तकालय, संग्राहालय, चिडियाखाना, शैलुन र ब्युटीपार्लर,

    – स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब,

    – शपिङ महल,

    – समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति,

    – सबै धार्मिक तथा सार्वजनिक स्थलहरू,

    – यात्रुबाहक सवारीसाधन (त्यसमा पर्यटक सवारी साधन समेत),

    – काठमाडौं उपत्यकाको हकमा उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोही सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन हुने । अन्य क्षेत्रमा यो निर्णय लागू नहुने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ २९ २०७७०८:४०:०७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend