आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाले थप १ जनाको मृत्यु, मरिसकेपछि मात्रै जाँच र संक्रमण पुष्टि

कोरोनाले थप १ जनाको मृत्यु, मरिसकेपछि मात्रै जाँच र संक्रमण पुष्टि

  • मिडिया डबली
  • बिहिवार, जेठ २९ २०७७

  • 7.9K
    SHARES

  • कोरोनाले थप १ जनाको मृत्यु, मरिसकेपछि मात्रै जाँच र संक्रमण पुष्टि

    काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ ।

    अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बिरामी परेका र पछि मृत्यु भएका व्यक्तिमा मरिसकेपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बिरामी परेका र बुटवल अस्पतालले भर्ना नगरेपछि घरतिर फर्किंदा बाटोमा मृत्यु भएका ५७ वर्षका व्यक्तिमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले बताएका छन् ।

    ती व्यक्तिको जेठ २३ गते नै स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो । श्वासप्रश्वासको समस्या भएपछि उनलाई बुधवार उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो ।

    त्यहाँबाट थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको भएपनि अस्पतालले भर्ना नगरेपछि घरतिर फर्काइएको थियो । बुटवलबाट घर फर्किने क्रममा ती व्यक्तिको मृत्यु भएको थियो । उनी भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ २९ २०७७०७:४९:४२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend