काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाममा असफल भइसकेको कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध जनता सडकमा उत्रिएपछि सरकार आत्तिएको छ ।
आत्तिएको सरकारले गृह मन्त्रालयमार्फत जनतालाई धम्की दिन सुरू गरेको छ । गृह मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न बहाना र माग राखेर लकडाउन उल्लंघन गर्ने गरी विभिन्न जुलुस र प्रदर्शन नगर्ने र त्यसो गरे थुनामा राख्ने धम्की दिएको छ ।
विज्ञप्तिमा लकडाउनको अवज्ञा गर्नेलाई १ महिनादेखि ६ महिनासम्म थुनामा राखेर कारवाही गर्न सकिने प्रावधान रहेको भन्दै खुला धम्की दिइएको छ ।
‘विगत केही दिन अगाडिदेखि विभिन्न बहाना र माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन शान्तिपूर्ण धर्नामा धेरै व्यक्तिलाई सहभागी गराउने, ज्ञापनपत्र दिन जाने जस्ता कामको नाममा अनावश्यक भिडभाड गरी अप्रत्यक्ष रुपमा बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखिएको प्रवृत्तिप्रति यस मन्त्रालययको गम्भीर ध्यानाकर्षण भएको छ,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
लकडाउनको अवहेलना गर्न सहयोग पुर्याउने व्यक्तिलाई संक्रमण रोग निवारण ऐन २०२० अनुसार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकरीले १ महिनादेखि ६ महिनासम्म थुनामा राखेर कारवाही गर्न सकिने प्रावधान रहेको समेत गृहले विज्ञप्तिमार्फत धम्की दिएको छ ।
कोरोना रोग नियन्त्रणमा सरकारले पर्याप्त काम नगरेको, खर्च भएको १० अर्बको हिसाब माग गर्दै पछिल्ला केही दिनमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शन भइरहेका छन् । बिहीबार अन्य दिनको तुलनामा ठूलो प्रदर्शन भएपछि आत्तिएको सरकारले जनतालाई धम्की दिन थालेको छ ।
यस्तो छ विज्ञप्ति –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।