काठमाडौं– कोरोना भाइरसले हालसम्म नेपालमा १५ जनाको मृत्यु भएको छ । चार हजार बढी संक्रमित देखिएका छन् । तर, कोरोनाले भन्दा पनि दैनिक हत्या र आत्महत्याको दर वृद्धि भइरहेको छ ।
बुधबार मात्रै करिब एक दर्जन हत्याका घटना सार्वजनिक भएका छन् । धनुषा र ललितपुरमा एकजनाको गोली प्रहार र अर्काको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको छ । सोमबार राति रुपन्देहीको तिलोत्तमामा पाँचजनाको सामूहिक हत्या गरियो ।
लकडाउनयता देशभर ९५ जनाको हत्या गरिएको घटना सार्वजनिक भएको नेपाल प्रहरीले जनाएको छ । यसमा पारिवारिक हत्या बढी छ । आत्महत्याको दर त कहालीलाग्दो ढंगले बढिरहेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार लकडाउनयता ८० दिनमा साढे ११ सयले आत्महत्या गरेका छन् । यो रेसियो हेर्दा हरेक दिन १५ जनाले आत्महत्या गरेको देखिन्छ ।
कोरोनाले हालसम्म १५ जनाको मृत्यु भएको छ । तर, हरेक दिन आत्महत्या गर्ने १५ जना हुनु भनेको नेपाली समाजमा आपराधिक प्रवृत्ति बढेको देखिएको नेपाल प्रहरीको भनाइ छ ।
मनोविद्हरू कोरोना भाइरसका कारण मानिसमा मानसिक समस्या देखिन थालेको बताउँछन् ।
धेरैजसो रोजगारी गुमेको, व्यापार व्यवसाय चौपट भएको, एक्लोपनलगायतका कारण मृत्यु भइरहेको पूर्वराजदूत लिलामणि पौड्यालको भनाइ छ । उनले सामाजिक मनोपरामर्श नथाले स्थिति भयावह रूपमा बढ्ने बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।