काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमै कांग्रेसको भूमीका बारेमा विलौना गरेका छन्। बुधबार राति बसेको बैठकमा उनले कोरोना महामारीका वेला सहयोग गर्नु पर्नेमा उल्टै अप्ठ्यारो पार्न खोजेको बताएका थिए।
सरकारलाई लक्षित कांग्रेसले आक्रमण गर्न खोजेको र कोरोना माहामारीका बेला उल्टै सरकारलाई अप्ठ्यारो पार्न खोजेको भन्दै ओली कांग्रेसको आलोचना गरेका थिए। कांग्रेसले प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोगभन्दा बदनाम गराउन खोजेको ओलीको आरोप थियो।
‘हाम्रो देशको अवस्था कस्तो छ? कति गर्न सक्ने क्षमता छरु त्यो सबै पटक सरकारको नेतृत्व गरेको कांग्रेसलाई राम्रोसँग थाहा छ,’ ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘कांग्रेसले उल्टै त्यो पनि भएन, यो पनि भएन भनेर सरकार असफल बनाउन खोज्यो।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।