आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

डाक्टरले नै चोरे पोटेबल अल्ट्रासाउण्ड मेसिन, दुई जना पक्राउ

डाक्टरले नै चोरे पोटेबल अल्ट्रासाउण्ड मेसिन, दुई जना पक्राउ

  • मिडिया डबली
  • बिहिवार, जेठ २९ २०७७

  • 6.9K
    SHARES

  • डाक्टरले नै चोरे पोटेबल अल्ट्रासाउण्ड मेसिन, दुई जना पक्राउ

    काठमाडौं– चोरीमा संलग्न भएको अभियोगमा दुई जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्। प्रहरीले सर्लाही घर भएका एमबीबीएस डाक्टर प्रविण मिश्र र महोत्तरी घर भएका अहेब रमेशकुमार शर्मालाई पक्राउ गरेको हो।

    महानगरीय प्रहरी परिसर, जावलाखेलले चोरीमा संलग्नता देखिएपछि उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार १७ जेठमा बिहान साढे ८ बजे अल्ट्रासाउण्ड सर्भिसिङ कम्पनीबाट भन्दै दुवै जना अस्पतालमा छिरेका थिए ।

    आईसीयू कक्षमा केही नर्स पनि थिए । त्यतिवेला उनीहरुले पोर्टेबल अल्ट्रासाउण्ड मेसिन हेरेर जस्तो गरे । तर, कहीवेरमै नर्सको आँखा छलेर बाहिर भाग्न सफल भए ।

    लगत्तै अस्पताल प्रशासनले ललितपुर प्रहरीमा घटनाबारे जानकारी दिएको थियो । बानेश्वरमा एक जना साथीको कोठामा उनीहरुले उपकरण लुकाएको पाइएको थियो । प्रारम्भिक सोधपुछमा उनीहरुले वर्दिवासमा रहेको आफ्नो पोलिक्लिनिकमा प्रयोगका लागि उपकरण लगेको बताएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ २९ २०७७०९:१०:४७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend