काठमाडौं–बागलुङबाट चार जना कोरोना संक्रमित निको भएका छन्। धवलागिरि अस्पतालबाट बुधबार चार जना डिस्चार्ज भएका हुन्।
डिस्चार्ज हुनेमा तमानखोला गाउँपालिकाका २७ वर्षीय दुई पुरुष र बडिगाड गाउँपालिकाका १९ र २० वर्षीय दुई युवक छन्। पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई ‘डिस्चार्ज’ गरिएको अस्पतालले जनाएको छ।
निको भई घर फर्केपछि पनि केही समय अलग्गै बस्न र सावधानी अपनाउन भनिएको उनले बताए। योसँगै बागलुङमा कोरोना निको हुनेको सङ्ख्या ६ पुगेको छ। यसअघि गत चैतमा सङ्क्रमित बागलुङ नगरपालिकाका दुई महिला कोरोनामुक्त भइसकेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।