आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सेनामा अर्को छानविन, ठूलै उथलपुथल आउने!

सेनामा अर्को छानविन, ठूलै उथलपुथल आउने!

  • मिडिया डबली
  • बिहिवार, जेठ २९ २०७७

  • 7.7K
    SHARES

  • सेनामा अर्को छानविन, ठूलै उथलपुथल आउने!

    काठमाडौं–सेनाको सैनिक सामग्री उत्पादन महानिर्देशनालयअन्तर्गतको ईएमईमा अनुसन्धान र छानबीन अघि बढेलगत्तै कामको सहजिकरणका निम्ति वित्त विभागका कर्मचारीसहित इन्फेन्ट्रीतर्फका महासेनानी खटिएका छन् ।

    स्रोतकाअनुसार सम्भवतः त्यहाँ ठूलै हाकिमसँग इन्क्वायरी भइरहेको छ । गाडी,एसी,मेशिनरीलगायतका सामानको रेखदेख पनि यसैबाट हुने गर्दछ । दुई तारे जर्नेल अजितबरसिंह थापा उक्त महानिर्देशनालयका हाकिम हुन् । उनीमाथि आवश्यक छानबीन र अनुसन्धान भएको बुझिएको छ । थापा पूर्व प्रधान सेनापति धर्मपालवरसिंह थापाका छोरा हुन् ।

    नेपाली सेनाले मातहतका विशेषगरी हस्पिटल,हवाई सुरक्षा,फास्ट ट्रयाक,सैनिक सामाग्री उत्पादन महानिर्देशनालयमा भएका अनियमितताहरू खोतल्दै आइरहेको छ । पछिल्लो समय नेपाली सेना सैनिक सामाग्री विशेषगरी गोलाबारुद उत्पादनमा लगभग आत्मनिर्भर जस्तै छ । ती सामाग्रीको लागि कतिपय कच्चा पदार्थ यसअघि जर्मनीबाट ल्याउने गरिएको थियो । अहिले त्यहि कच्चा पदार्थको खरिदमा घोप्लाबाजी भएको आशंकामा छानबिन भएको हुनसक्ने बताइएको छ । विगतमा यस्तो सामाग्री उत्पादनमा सोझै राजदरबारको विशेष चासो हुने गर्दथ्यो ।

    चीनबाट हतियार र सवारी साधन खरिद गरेपछि भारतले २०४५ सालमा नाकाबन्दी लगाएदेखि नै सेनाभित्र हतियारको विषयमा सँधै उतार चढाव हुनेगरेको छ । पछिल्लो समयमा सेनालाई कहिले भारतले र कहिलेकाँही युरोपेली मुलुकहरूबाट पनि हतियार प्राप्त हुने गरेको छ । तर, ती हतियार मर्मतका लागि आवश्यक पार्टस् उपलब्ध गराउन भने किचकिचको सामना गर्नुपरेको अवस्था छ । जनआस्था साप्ताहिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ २९ २०७७०८:५७:१२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend