आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विश्व स्वास्थ्य संगठनको चेतावनी : नेपालमा कोरोना संक्रमण निकै बढ्न सक्छ !

विश्व स्वास्थ्य संगठनको चेतावनी : नेपालमा कोरोना संक्रमण निकै बढ्न सक्छ !

  • मिडिया डबली
  • बिहिवार, जेठ २९ २०७७

  • 7.4K
    SHARES

  • विश्व स्वास्थ्य संगठनको चेतावनी : नेपालमा कोरोना संक्रमण निकै बढ्न सक्छ !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लकडाउनलाई खुकुलो बनाउने मोडालिटीबारे निर्णय गरेकै दिन नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रतिनिधि जस भ्यान्डेलरले नेपालमा संक्रमित निकै बढ्न सक्ने बताएका छन् ।

    प्रतिनिधि भ्यान्डेलरले संक्रमितको संख्या कति पुग्न सक्छ भन्ने अनुमान गर्न नसक्ने बताउँदै भने, ‘संकट सकिएको छैन, अझै बढी संक्रमित देखिन सक्छन् ।’

    लकडाउनलाई निरन्तरता दिए पनि वा खुकुलो बनाए पनि संक्रमित बढिरहने प्रतिनिधि भ्यान्डेलरले बताए । नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय प्रमुख भलेरी जुलियान्डसहित बुधवार सञ्चारकर्मीसँगको भिडियो अन्तर्क्रियामा भ्यान्डेलरले भने, ‘कोरोना रोकथामका लागि मुख्य कुरा मास्क लगाउने, हात धुने र सामाजिक दूरी राख्ने कुरा नै महत्त्वपूर्ण हो । अब हामीले नयाँ तरिकाले बाँच्न सिक्नुपर्छ ।’

    देशभर लामो समय लकडाउन हुँदा अर्थतन्त्रमा समेत प्रभाव पार्ने भएकाले अब स्वास्थ्य सुरक्षा र जनताको आर्थिक सुरक्षा दुवैलाई सँगसँगै लैजान सरकारलाई चुनौती रहेको समेत प्रतिनिधि भ्यान्डेलरले बताए । अहिलेको संकटको बेलामा नेपाल मात्र होइन, नेपालभन्दा ३० गुणा बढी आम्दानी गर्ने मुलुकमा पनि उस्तै समस्या रहेको उनले बताए ।

    नेपालमा परीक्षण क्षमता र दायरा बढाउन पनि भ्यान्डेलरले सुझाव दिएका छन् । ‘त्यसका लागि मेसिन र किट किन्ने मात्र होइन, त्यसका लागि आवश्यक प्राविधिक मानवसाधन पनि आवश्यक हुन्छ । प्राविधिक ज्ञान विना परीक्षणलाई अघि बढाउन सकिन्न,’ उनले भने ।

    अन्य मुलुकमा जस्तै कोरोना भाइरसको संक्रमण नेपालमा समुदायभित्र फैलिई नसकेको उनले बताए । ‘नेपालमा भारतबाट आएकाहरूमा संक्रमण देखिएको छ । उनीहरूलाई व्यवस्थित क्वारेन्टाइन र आइसोलेसनमा राख्नुपर्छ । उनीहरूसँग सम्पर्कमा आएका व्यक्तिमा पनि टेस्ट गर्नुपर्छ,’ उनले भने, ‘नेपालमा अन्य मुलुकमा जस्तो बढी मृत्यु नहुनुमा युवाहरूमा देखिनुले हो । बढी उमेरकाहरू काममा निस्केका छैनन्, जसले गर्दा सम्पर्क भएको छैन । युवाहरूमा बढी देखिएका कारण मृत्युदर कम भएको देखिन्छ ।’

    कोरोनाले नेपालमा हालसम्म १५ जना मृत्यु भएको छ भने ४ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित देखिएका छन् ।

    कोरोना भाइरसको भ्याक्सिन निर्माणको सवालमा डब्ल्यूएचओको सहकार्यमा काम गर्नुपर्ने उनले बताए । भ्याक्सिन आएपछि धनी र गरीब मुलुकबीचमा विभेद नहोस् भनेर डब्ल्यूएचओले त्यहीअनुसार गृहकार्य गरिरहेको पनि उनले बताएका छन् ।

    नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय प्रमुख जुलियान्डले कोरोनाले स्वास्थ्य क्षेत्रमा मात्र नभएर सम्पूर्ण सामाजिक–आर्थिक क्षेत्रलाई असर पारेको बताइन् । उनले राष्ट्रसंघले सन् २०३० सम्ममा हासिल गर्ने गरी अघि बढाएको सहस्राब्दी विकास लक्ष्यलाई पनि कोरोनाले असर पारेको जानकारी दिइन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ २९ २०७७०६:१७:३८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend