काठमाडौँ – कोरोना भाइरस संक्रमणको महामारीसँगै जारी लकडाउनका कारण हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने निर्णय सरकारले गरेको छ ।
परीक्षा गर्नुपर्ने समय धेरै टाढा रहिसकेकाले यसपालि विद्यालयको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गर्ने निर्णय सरकारले गरेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा परीक्षा हुने निर्णय भएको एक मन्त्रीले बताए ।
लामो छलफल र अध्ययनपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एसईई परीक्षा नगर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।