काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउन खुकुलो हुने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गरेको हो । लकडाउन खुकुलो भएसँगै सरकारले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
सरकारले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय समेत गरेको छ । मन्त्रिपरिषद्को निर्णय भोलि बिहानैबाट लागू हुने जनाइएको छ ।
यसअघि लकडाउन खुकुलो पार्न व्यवसायीले दबाब दिँदै आएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।