काठमाडौं – विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमण फैलाउन भूमिका खेलेको भन्दै चीनका राष्ट्रपति सी चिनफिङविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।
चीनबाट फैलिएको कोरोना भाइरसका कारण पछिल्लो दिनमा संक्रमितको संख्या अत्याधिक रुपमा बढ्दै गएपछि भारतको बिहारका अधिवक्ता मुराद अलीले भारतीय अदालतमा राष्ट्रपति सीविरुद्ध मुद्दा दर्ता गरेका छन् ।
अधिवक्ता अलीले बिहारको बेतियास्थित सीजेएम अदालतमा चीनका राष्ट्रपति सी चिनफिङ र विश्व स्वास्थ्य संगठनका प्रमुख लगायत अन्य केही व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेका छन् ।
मुद्दामा अभियुक्तविरुद्ध विश्वमा कोरोना जस्तो विश्वव्यापी महामारी फैलाएको आरोप लगाइएको छ ।
अधिवक्ता अलीले मुद्दाको साक्षीका रुपमा विद्युतीय सञ्चारमाध्यममा प्रकाशित समाचार र अन्य कैयौं कागजातलाई आधार बनाएका छन् । साक्षीका रुपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत राखिएको छ ।
मुद्दामा आगामी १८ जुनमा सुनुवाइ हुने अदालतले जानकारी दिएको छ । सी विरुद्धको मुद्दामा अभियुक्तहरूलाई आईपीसीको धारा २६९, २७०, २७१, ३०२, ३०७, ५०४ र १२० बीलाई आधार बनाइएको छ । मुद्दाको कारवाही कसरी बढ्छ भनेर सबैको चासो रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।