आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

डा. बाबुराम भट्टराई कडा आक्रोश : सरिता गिरीमाथि कारवाही गर्ने तयारी

डा. बाबुराम भट्टराई कडा आक्रोश : सरिता गिरीमाथि कारवाही गर्ने तयारी

  • मिडिया डबली
  • बुधवार, जेठ २८ २०७७

  • 18.8K
    SHARES

  • डा. बाबुराम भट्टराई कडा आक्रोश : सरिता गिरीमाथि कारवाही गर्ने तयारी

    काठमाडौं – नेपालको नक्सा सम्बन्धमा विवादित बयान दिँदै आएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीमाथि कारवाही हुने गरी पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले कडा अभिव्यक्ति दिएका छन् ।

    सांसद गिरीले नेपालको नक्सासम्बन्धी संविधान संशोधन विधेयक खारेजीको माग गर्दै संसदमा संशोधन प्रस्ताव दर्ता गराएपछि भट्टराईले आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन् ।

    बुधबार साँझ डा. भट्टराईले ट्विटमा लेखेका छन्, ‘जनता समाजवादी पार्टी देशको गम्भीर र जिम्मेवार पार्टी हो । यसका नेता तथा कार्यकर्ता कसैले पनि देशको भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामा कुनै पनि प्रकारले आँच पुर्‍याउने कार्य गर्नु हुँदैन र गर्न सक्दैनन् । जो कसैले गरे पनि त्यस्ता कार्य दण्डनीय हुन्छन् । कसैलाई कुनै भ्रम नहोस् ।’

    डा. भट्टराईको ट्विट सांसद सरिता गिरीप्रति लक्षित थियो । यसअघि बुधबार अपराह्न पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले पार्टीको निर्देशन विपरीत संसदमा दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन सांसद गिरीलाई निर्देशन दिएका थिए ।

    सचेतक अरगरियाले संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

    सांसद गिरीले कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ नक्सासहितको निशान छाप राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयक खारेजको माग गर्दै संसदमा संशोधन प्रस्ताव दर्ता गराएकी छन् । सरकारी विधेयकमा तथ्य र प्रमाण नपुगेकाले संशोधन प्रस्ताव दर्ता गर्नुपरेको उनको तर्क छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २८ २०७७०९:२५:५९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend