आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अन्नपूर्ण पोस्ट् दैनिकको प्रधान सम्पादकमा विष्णु सुवेदीको सम्भावना

अन्नपूर्ण पोस्ट् दैनिकको प्रधान सम्पादकमा विष्णु सुवेदीको सम्भावना

  • मिडिया डबली
  • बुधवार, जेठ २८ २०७७

  • 8.9K
    SHARES

  • अन्नपूर्ण पोस्ट् दैनिकको प्रधान सम्पादकमा विष्णु सुवेदीको सम्भावना

    काठमाडौं – व्यवस्थापनले पत्रकार र कर्मचारीहरूको तलब दिन आनाकानी गरेपछि अन्नपूर्ण पोस्ट् दैनिकका प्रधान सम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन् ।

    अन्नपूर्ण मिडिया ग्रूपमा कार्यरत अन्नपूर्ण पोस्ट् दैनिक, एपी वान टेलिभिजन, अन्नपूर्ण रेडियो लगायतमा कार्यरत कर्मचारीले ३ महिनादेखि तलब पाएका थिएनन् ।

    व्यवस्थापनले आनाकानी गरेपछि प्रधान सम्पादक हरिबहादुर थापाले अन्नपूर्ण मिडिया ग्रूपका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई बुधबार राजीनामा दिएका हुन् ।

    अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक हरिबहादुर थापाको राजीनामा दिएसँगै भावी सम्पादकबारे चर्चा पनि सुरू भएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत सम्पादक विष्णु सुवेदी, विकास थापा र अखण्ड भण्डारी प्रधान सम्पादक हुने सम्भावना छ ।

    यी तीनमध्ये विष्णु सुवेदी अन्नपूर्णमा स्थापनाकालदेखि कार्यरत अनुभवी पत्रकार हुन् भने विकास थापा र अखण्ड भण्डारी कान्तिपुर राष्ट्रिय दैनिक छाडेर अन्नपूर्णमा जोडिएका हुन् ।

    अनुभवका हिसाबले यी तीनमध्ये हाल अन्नपूर्ण पोस्ट् अनलाइन सम्पादक विष्णु सुवेदीको सम्पादक हुने सम्भावना प्रबल रहेको छ ।

    अनुभवको हिसाबले पत्रकारितामा विष्णु सुवेदी अनुभवी पत्रकार हुन् । पत्रकारितामा एमफिल गर्ने पहिलो समूहका सुवेदी पत्रकारितामा रिपोर्टिङदेखि काम गरेको अनुभव छ ।

    अन्य दैनिक मिडियामा जस्तो अन्नपूर्ण पोस्टले आफ्नै मिडिया हाउसमा कार्यरत पत्रकारलाई प्रधान सम्पादक बनाएको इतिहास छैन ।

    कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा रिपोर्टिङदेखि प्रधान सम्पादक भएको नजीर रहेकाले अन्नपूर्ण पोस्ट्ले पनि पहिलो पटक प्रधान सम्पादक आफ्नै मिडिया हाउसबाट लिने प्रवल सम्भावना रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २८ २०७७०९:१५:२५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend