काठमाडौं – नेपाली नक्सा सम्बन्धमा विवादित बयान दिएर आलोचित बनेकी समाजवादी पार्टीकी सांसद सरिता गिरीको विशालनगरस्थित घरमा युवाको समूहले हमला गरेको छ ।
सांसद गिरीको घरमा प्रवेश गरेको समूहले उनको घरमा कालोझण्डा राखेको छ । युवाले राखेको कालोझण्डा प्रहरी केहीबेरपछि हटाएको छ ।
सांसद गिरीको घरमा कालोझण्डा राख्ने समूहको पहिचान नभएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । युवाको समूहले हमला गरेको घटनाले गिरीमाथि सुरक्षा खतरा बढेको प्रहरीको निष्कर्ष रहेको छ ।
काठमाडौंका प्रहरी प्रमुख श्याम ज्ञवालीले कालोझण्डा राखेको सूचना पाएपछि प्रहरी टोली पुगेको र घटनाका विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।
सरकारले लिम्पियाधुरा सहितको नेपालको नक्सा जारी गरेपछि निशान छापमा पनि अद्यावधिक नक्सा राख्नका लागि सरकारले संविधान संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता गराएपछि उनले विवादित बयान दिइरहेकी छन् । सांसद सरिता गिरीले स्रोत र प्रमाण नपुगेको भन्दै संशोधन प्रस्ताव खारेज गर्न अर्को संशोधन प्रस्ताव दर्ता गराएकी छन् ।
सांसद गिरीले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन समाजवादी पार्टीले निर्देशन दिएको छ । तर सांसद गिरीले पार्टीको निर्देशन समेत नमान्ने प्रतिक्रिया दिएकी छन् । युवाको हमलापछि प्रहरीले गिरीको घरमा सुरक्षा बढाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।