आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाली नक्सा नमान्ने सरिता गिरीले पार्टीको निर्देशन पनि नमान्ने, होला त कारवाही ?

नेपाली नक्सा नमान्ने सरिता गिरीले पार्टीको निर्देशन पनि नमान्ने, होला त कारवाही ?

  • मिडिया डबली
  • बुधवार, जेठ २८ २०७७

  • 5.3K
    SHARES

  • नेपाली नक्सा नमान्ने सरिता गिरीले पार्टीको निर्देशन पनि नमान्ने, होला त कारवाही ?

    काठमाडौं – सरकारले जारी गरेको लिम्पियाधुरी सहितको नक्सालाई खुला चुनौती दिएर नमान्ने बताउँदै आएकी समाजवादी पार्टीकी समानुपातिक सांसद सरिता गिरीले पार्टीको निर्देशन समेत नमान्ने स्पष्ट पारेकी छन् ।

    नेपालको नक्सा सम्बन्धी संसदमा दर्ता भएको संविधान संशोधन विधेयक खारेजको माग गर्दै विधेयक संशोधन दर्ता गराएकी सांसद सरिता गिरीलाई पार्टीले संशोधन फिर्ता लिन निर्देशन दिएको थियो । तर गिरीले आफूले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता नलिने प्रतिक्रिया दिएकी छन् ।

    पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले पार्टीको निर्देशन विना नै प्रस्ताव दर्ता गराएकाले तत्काल फिर्ता लिन निर्देशन दिएका थिए । निर्देशन पालना नगरे कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।

    सांसद गिरीले प्रस्तावको अडानबाट पछि नहट्ने संकेत गरेकी छन् । ‘मलाई पार्टीका महासचिव, प्रमुख सचेतक सहितका नेताहरुले भेटेका छन् । मैले आफ्नो अडानबारे भनिसकेकी छु,’ सांसद गिरीले भनिन् ।

    संसदमा नक्साबारेको संशोधन प्रस्ताव तथ्यपरक रुपमा राखेको जिकिर समेत सांसद गिरीले गरेकी छन् । ‘विना प्रमाण सरकारले नक्सासम्बन्धी संशोधन ल्याएको छ, प्रमाण बाहिरी देखाएर हुँदैन, संशोधनमा ती कुरा ल्याउनुपर्‍यो, नत्र खारेज हुनुपर्छ,’ उनले भनिन् ।

    पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले अब सांसद गिरीमाथि कस्तो कारवाही अगाडि बढाउँछन् ? हेर्न बाँकी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २८ २०७७०८:३९:१७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend