आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

Breaking: यसपालि एसईई परीक्षा नहुने, मन्त्रिपरिषद्मा पुग्यो यस्तो प्रस्ताव !

Breaking: यसपालि एसईई परीक्षा नहुने, मन्त्रिपरिषद्मा पुग्यो यस्तो प्रस्ताव !

  • मिडिया डबली
  • बुधवार, जेठ २८ २०७७

  • 11.4K
    SHARES

  • Breaking: यसपालि एसईई परीक्षा नहुने, मन्त्रिपरिषद्मा पुग्यो यस्तो प्रस्ताव !

    काठमाडौं – आज बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ बस्ने मन्त्रिपरिषद् बैठकले कलिला बालबालिकाको परीक्षा सम्बन्धी निर्णय लिन लागेको जानकारी दिए ।

    कोरोना भाइरस संक्रमण रोकथामका लागि भन्दै सरकारले पूर्व निर्धारित माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको थियो । कोरोना संक्रमण बढ्दै गएपछि एसईई परीक्षाबारे अन्योल देखिएका बेला सरकारले त्यसबारे निर्णय गर्न थालेको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा यसपालि एसईई परीक्षा नगर्ने प्रस्ताव पुगेको स्रोतले जनाएको छ । स्रोतका अनुसार कोरोना भाइस संक्रमण नियन्त्रण अनिश्चित भएकाले परीक्षा नगर्ने निर्णय गरिने छ ।

    पूर्व निर्धारित एसईई परीक्षा नभएपनि विद्यार्थीले एसईईअघि विद्यालयले लिएको ‘टेस्ट’ परीक्षाका आधारमा प्राप्तांक दिने गरी निर्णय हुने स्रोतले जनाएको छ ।

    शिक्षा मन्त्रालयले यससम्बन्धी प्रस्ताव तयार गरेर मन्त्रिपरिषद् बैठकमा पेश गरेको हो । परीक्षा सञ्चालन गर्नेबारे मन्त्रालयले थुप्रै तयारी र अध्ययन गरेपनि सम्भव नभएपछि अन्ततः यसपालि परीक्षा नगर्ने निष्कर्षमा मन्त्रालय पुगेको जनाइएको छ ।

    मन्त्रिपरिषद्ले निर्णय गरेपछि टेस्ट परीक्षाका आधारमा नतिजा प्रकाशनको तयारी अगाडि बढ्ने जनाइएको छ । सरकारले यसअघि उपल्लो कक्षामा अनलाइन पठनपाठन खुला राख्ने वैकल्पिक विकल्पको बाटो समेत खोलेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २८ २०७७०६:२४:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend