आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतको पक्षमा बोल्ने सरिता गिरीमाथि कारवाही प्रक्रिया अगाडि बढ्यो (पत्रसहित)

भारतको पक्षमा बोल्ने सरिता गिरीमाथि कारवाही प्रक्रिया अगाडि बढ्यो (पत्रसहित)

  • मिडिया डबली
  • बुधवार, जेठ २८ २०७७

  • 32.5K
    SHARES

  • भारतको पक्षमा बोल्ने सरिता गिरीमाथि कारवाही प्रक्रिया अगाडि बढ्यो (पत्रसहित)

    काठमाडौं – भारतले नेपाली भूमि कब्जा गरेर बसेकाले बेला त्यसलाई फिर्ता गर्न नेपालका सबै राजनीतिक दलले पहल गरिरहेका छन् । तर जनता समाजवादी पार्टी (जसपा) सांसद सरिता गिरीले भारतको पक्ष लिएर बोल्ने गरेकी छन् ।

    बुधबार सांसद गिरीले सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएकी छन् । उनले विभिन्न अन्तर्वार्तामा लिम्पियाधुरा नेपालको भूमि नभएको जिद्दी समेत गर्ने गरेकी छन् ।

    नेपाली भूमिविरुद्ध बोल्ने सांसद गिरीलाई समाजवादी पार्टीले संशोधन प्रस्ताव फिर्ता लिन कडा निर्देशन दिँदै फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी दिएको छ । भारतको पक्ष लिने सांसद गिरीमाथि समाजवादी पार्टीले कारवाही प्रक्रिया अगाडि बढाएको छ । कारवाहीको लागि सुरूमा गल्ती सच्याउन निर्देशन दिने गरिएको छ ।

    सांसद गिरीले बुधबार नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएकी छन् । संघीय संसद सचिवालयमा दर्ता गराएको उनको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधन गरेर नेपालको अद्यावधिक नक्सा अनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने माग गरिएको छ ।

    पार्टीमा सल्लाह नगरी, संसदीय दलको निर्देशन विना संशोधन हालेको भन्दै समाजवादी पार्टीले सांसद गिरीलाई संशोधन प्रस्ताव तत्काल फिर्ता लिन निर्देशन दिएको छ । संविधान संशोधन प्रस्तावको समर्थन गरेको समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियाले संविधान संशोधन विधेयकमाथि दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने पनि चेतावनी दिएका छन् ।

    गिरी समानुपातिक सांसद हुन् । उनले पछिल्लो समय सीमाको विषयलाई लिएर विवादित बयान दिँदै आएकी छन् । संसद बैठकमा गिरीले भारतलाई नसोधि नेपालले नक्सा जारी गरेकाले त्यसको औचित्य नभएको एवं नेपालले आफ्नो कूटनीतिक शक्तिको आकलन गरेर अगाडि बढ्नुपर्ने भन्दै बोलेपछि नेपालभित्र उनको आलोचना भइरहेको छ ।

    यस्तो छ पार्टीको निर्देशन

    samajwadi.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २८ २०७७०५:५८:२५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend