आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली सरकार भ्रष्टाचारमा लिप्त : कांग्रेस नेता महर्जन

ओली सरकार भ्रष्टाचारमा लिप्त : कांग्रेस नेता महर्जन

  • मिडिया डबली
  • बुधवार, जेठ २८ २०७७

  • 6.9K
    SHARES

  • ओली सरकार भ्रष्टाचारमा लिप्त : कांग्रेस नेता महर्जन

    काठमाडौं – नेपाली कांग्रेसका युवा नेता तथा खेलकुद विभागका सदस्य सचिव मीनकृष्ण महर्जनले वर्तमान सरकार भ्रष्टाचार लिप्त भएको आरोप लगाएका छन् ।

    ‘सरकार २५ हजार आरडीटी किट र ५ वटा पीसीआर टेस्ट गर्ने मेसिन किनेर १० अर्ब खर्च भयो भन्दैछ । सरकारले जनतालाई हिसाब बुझाउनुपर्छ,’ उनले भने, ‘केवल २५ हजार आरडीटी किट र ५ वटा पीसीआर टेस्ट मेसिन खरिद गरेको भरमा १० अर्ब सकिँदैन । यसो भन्नु हाँस्यास्पद कुरा हो ।’

    देशमा लकडाउन घोषणा गरेर जनतालाई घरमै कैद गरेर सरकार भ्रष्टाचारमा लिप्त रहेको पनि महर्जनले आरोप लगाए ।
    उनले प्रश्न गरे, ‘महामारीको यस्तो राष्ट्रिय विपत्तिको बेलामा पनि सरकार भ्रष्टाचारमा लिप्त हुने ? अनि सुखी नेपाली र समृद्ध नेपालको नारा जप्ने ? के जनताले यसैका लागि नेकपालाई बहुमत दिएका थिए ? राज्यकोषबाट भएको खर्चको हिसाबकिताब जनतालाई दिनु पर्दैन ? यसको उत्तर कसले दिने ?’

    सरकार पूरै असफल भइसकेको बताउँदै नेता महर्जनले स्वास्थमन्त्री पदमा रहिरहनु औचित्य नदेखिएको बताए । ‘सरकार दिन प्रतिदिन एकपछि अर्को काण्डमा मुछिँदै आइरहेको छ । यसको हिसाबकिताब आगामी निर्वाचनमा जनताले गर्ने निश्चित छ । जनताका हितमा भन्दा पनि कमाउधन्दामा सरकार क्रियाशील छ,’ उनले भने, ‘लकडाउनका कारण जनता भोकभोकै मर्ने अवस्थामा छन् । लकडाउनकै समयमा मानसिक समस्यामा परेर १२ भन्दा वढिले आत्महत्याको बाटो रोज्न बाध्य भए । यस्तो अवस्थामा पनि सरकारमा रहेका जिम्मेवार मन्त्रीहरुलाई कुनै आत्मग्लानी छैन । यसले सरकार जनताप्रति उत्तरदायी नभएको आभाष गराइसकेको छ । त्यसैले सचेत नागरिकहरुले यो सरकारको गैरजिम्मेवारीपन र यिनीहरूले गरेको भ्रष्टाचारको बारेमा भण्डाफोर अभियान चलाउनु आवश्यक भइसकेको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २८ २०७७०४:५४:४२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend