आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओलीलाई भेट्न रामचन्द्र पौडेल किन जाँदैछन बालुवाटार?

ओलीलाई भेट्न रामचन्द्र पौडेल किन जाँदैछन बालुवाटार?

  • मिडिया डबली
  • बुधवार, जेठ २८ २०७७

  • 12.5K
    SHARES

  • ओलीलाई भेट्न रामचन्द्र पौडेल किन जाँदैछन बालुवाटार?

    काठमाडौं– नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणलगायतका विषयमा आज सरकारको ध्यानाकर्षण गराउँदै छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउन लागेको हो ।

    सरकारको ध्यानाकर्षण गराउन पौडेल नेतृत्वको प्रतिनिधिमण्डल बुधबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटार जान लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    कांग्रेस नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोनाको महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन नेपाल सरकारले तत्काल चाल्नु पर्ने कदमका लागि ध्यानाकर्षण गराउने पौडेलले बताए ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २८ २०७७०९:२१:०२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend