काठमाडौं–बुधबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो २ बजे मन्त्रिपरिषद्को बैठक बस्नेछ छ।
आजको बैठकमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने बारे छलफल हुने बुझिएको छ । बैठकमा जेठ ३२ सम्म जारी लकडाउनको स्वरुप परिर्वतनबारे छलफल गरिने जनाइएको छ ।
मंगलबार बस्ने गरी तय भएको मन्त्रिपरिषद्को बैठक मन्त्रीहरू संसदमा व्यस्त रहनुपर्ने भन्दै बुधबारलाई सारिएको थियो । कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि चैत ११ गते देखि गरिएको लकडाउको समयावधि जेठ ३२ गते सकिदैछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।