आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विष्णु रिमालका भाञ्जाको व्यवसाय संकटमा, सम्पादकले समेत छोडे!

विष्णु रिमालका भाञ्जाको व्यवसाय संकटमा, सम्पादकले समेत छोडे!

  • मिडिया डबली
  • बुधवार, जेठ २८ २०७७

  • 9.7K
    SHARES

  • विष्णु रिमालका भाञ्जाको व्यवसाय संकटमा, सम्पादकले समेत छोडे!

    काटमाठौं–सत्ताको साथलाई लाभमा साट्न प्रयोग गरिएको मिडिया व्यवसाय अन्ततः संकटमा परेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कार्यकालमा नेपाल टेलिभिजनबाट ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ चलाएर अत्यधिक विवादमा आएपछि त्यहाँबाट निकालिएका मनोज पाण्डेहरुले चलाएको अनलाइन न्युजपोर्टल त्यो अवस्थामा पुगेको हो ।

    प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको भाञ्जा नाता लगाउने पाण्डेले छोटो समयमा अत्यधिक लाभ उठाउँदै आएको देखापढी अनलाइनबाट सम्पादकीय समूहको ठूलो र व्यवसायिक टीम अलग्गिएको छ ।

    ओम्नी समूहको घोटाला प्रकरणको खुलासा र समाचारका केही सन्दर्भमा सम्झौता गर्न बाध्य पारिएपछि सम्पादक रामेश्वर बोहरासहितले मंगलबारदेखि उक्त अनलाइन छाडेका हुन् ।


    पूर्व सूचनाबिना नै महिनाको डेढलाख तलब माया मारेर रामेश्वर त्यहाँबाट अलग भएको बताइन्छ । लामो समय हिमाल खबरपत्रिकामा आवद्ध रामेश्वरसँगै देखापढी गएका तुफान न्यौपानेलगायत नागरिकसम्बध्द अरु सहकर्मी पनि अलग्गिने क्रममा छन् ।

    रामेश्वरले देखापढीबाट एक वर्षको तलब एकमुष्ट लिएका थिए । उनले उक्त रकम फर्काउन तयार भएको जानकारी व्यवस्थापनलाई दिएका छन् । रामेश्वर हुँदाहुँदै देखापढीको ग्रुप एडिटरका रूपमा वरिष्ठ पत्रकार शिव गाउँलेलाई भित्र्याउने कोशिश थियो ।

    तर, पत्रकारिताका आधारभूत अधिकार नै हनन् हुने व्यवस्थापनको नीतिका कारण शिव पनि यो कदमबाट पछाडि हटेका छन् । जनआस्था साप्ताहिकबाट

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २८ २०७७०९:०३:४७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend