काठमाडौं – आज बुधबार मन्त्रिपरिषद् बैठक बस्दैछ । हिजो तय भएको बैठक नबसेपछि आज बस्न लागेको हो ।
दिउँसो २ बजे बस्ने बैठकमा लकडाउनको मोडालिटी लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन घोषणा गरिएको छ । लामो समयदेखिको लकडाउनले धेरैको जीविकोपार्जनमा समस्या भएपछि अब लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा बुझाइसकेको छ । २ हप्ताको १ चरण गरी ५ चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ ।
यसअघि कोभिड १९ क्राइसिस म्यानेजमन्ट सेन्टर (सीसीएमसी) ले ६ चरणमा लकडाउन खुकुलो गर्ने गरी प्रस्ताव बुझाएको थियो । रक्षामन्त्री पोखरेलले भने सयभन्दा कम एक्टिभ केस भएका जिल्लामा जेठ २५ गतेदेखि नै लकडाउन खुकुलो बनाउने प्रस्ताव पेश गरेका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओली लकडाउन खुकुलो बनाउनु नहुने अडानमा थिए ।
अन्तिममा दुवै प्रस्तावलाई मर्ज गरेर ५ चरणमा लकडाउन खुकुलो बनाउने गरी प्रस्ताव रक्षा मन्त्रालयले लैजाने तयारी गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।