आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सांसदका प्रश्नको जवाफ दिन आज ओलीले संसदमा सम्बोधन गर्ने

सांसदका प्रश्नको जवाफ दिन आज ओलीले संसदमा सम्बोधन गर्ने

  • मिडिया डबली
  • बुधवार, जेठ २८ २०७७

  • 4.9K
    SHARES

  • सांसदका प्रश्नको जवाफ दिन आज ओलीले संसदमा सम्बोधन गर्ने

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेका प्रश्नको जवाफ दिन संसदमा सम्बोधन गर्ने भएका छन् ।

    प्रतिनिधिसभा संसद बैठक आज बुधबार बिहान ११ बजे बस्दैछ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सांसदहरूले उठाएका विभिन्न विषयलाई समेटेर प्रधानमन्त्रीले सम्बोधन गर्ने बताए ।

    संसद सचिवालयको बुधवारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख गरिएको छ ।

    संसदमा विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमा २६ जना सांसदहरूले राखेको खर्च कटौतीको प्रस्ताव समेत निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरी पारित गर्ने सम्भावित कार्यसूची समेत रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २८ २०७७०७:२६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend