आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली सरकार अनिर्णयको बन्दी, जनस्तरबाट सरकारी आदेशको अवज्ञा

ओली सरकार अनिर्णयको बन्दी, जनस्तरबाट सरकारी आदेशको अवज्ञा

  • मिडिया डबली
  • बुधवार, जेठ २८ २०७७

  • 4.1K
    SHARES

  • ओली सरकार अनिर्णयको बन्दी, जनस्तरबाट सरकारी आदेशको अवज्ञा

    काठमाडौं – साढे २ महिनाभन्दा बढी समयदेखि जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अलमलमा परेको छ ।

    सरकारले गत २०७६ चैत ११ गतेदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउन घोषणा गरेर अत्यावश्यकबाहेकका सवारीसाधन चलाउन र आवतजावतमा रोक लगाउँदै आएको छ ।

    लामो समयसम्म लकडाउनका कारण सर्वसाधारण, श्रमजीवी, मजदुर तथा व्यवसायीले लकडाउनको स्वरुप परिवर्तन गर्न दबाब दिँदै आएपनि स्वरूप कस्तो बनाउने भन्नेमा नै सरकार अन्योलमा परेको छ । एकातर्फ लकडाउन खुकुलो बनाउन दिनदिनै जनदबाब बढिरहेको छ भने अर्कातर्फ दिनहुँ कोरोना भाइरसका संक्रमित थपिने क्रम बढ्दो छ । मंगलवारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ ।

    सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्न ढिला गर्दा काठमाडौं उपत्यकालगायतका शहरमा व्यवसायीले एकतर्फी रूपमा पसल खोल्न थालेका छन् । सडकमा सवारीको चापसमेत बढ्न थालेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

    मन्त्रिपरिषद्को गत जेठ १७ गते बसेको बैठकले पछिल्लोपटक ३२ जेठसम्म लकडाउन अवधि बढाउँदै क्षेत्रगत रूपमा खुकुलो बनाउने र कडाइ गर्ने जिम्मा समन्वय समितिलाई दिएको थियो । पुनः बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन स्वरूप परिवर्तनको कार्ययोजना पेश गर्न समितिलाई जिम्मेवारी प्रदान गरेको थियोे ।

    समितिको यसअघिको बैठकले तहगत रूपमा लकडाउन खुकुलो बनाउन सिफारिस गर्ने निर्णय गरिसकेको छ । पुनः मन्त्रिपरिषद् बैठकले कार्ययोजना पेस गर्न भनेपछि भने समिति पनि अलमलमा परेको पाइएको छ ।

    गत बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा पनि लकडाउन खुकुलो बनाउने विषयमा छलफल भएको थियो । बैठकले कुनै निर्णय गर्न नसकेपछि कस्तो मोडालिटी तय गर्न सकिन्छ भनेर त्यसको तयारीको जिम्मेवारी समितिलाई दिएको थियो ।

    मन्त्रिपरिषद् बैठकले लकडाउन खुल्ने मोडालिटी सहितको कार्ययोजना पेश गर्न जिम्मा दिएपछि समितिको लगातार बैठक बस्दै आएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।

    प्रधानमन्त्री केपी शर्मा ओली आफैं पनि लकडाउनको स्वरुप परिवर्तन गर्ने विषयमा विभिन्न विज्ञ तथा सरोकारवालासँग छलफल तथा परामर्श गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले गत बुधबार विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरेका थिए भने कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले पनि अघिल्लो मंगलबारदेखि निरन्तर विज्ञहरूसँग छलफल गर्दै आएको छ । तर अहिलेसम्म लकडाउनको स्वरूप कस्तो बनाउने भन्नेमा भने सरकार पुग्न सकेको छैन ।

    सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर चैत २५ गतेसम्मका लागि लम्ब्याइएको थियो । त्यसलाई निरन्तरता दिँदै बैशाख ३, त्यसपछि बैशाख १५, बैशाख २५ गतेसम्म लकडाउन गरिएको थियो । देशका विभिन्न भागमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले लकडाउनले निरन्तरता दिँदै जेठ ५ गतेसम्म पुर्‍याएको थियो भने त्यसपछि थप गर्दै जेठ २० र पछिल्लोपटक थप गर्दै जेठ ३२ गतेसम्म लकडाउन अवधि थपेको छ । सरकारले हवाई उडान र अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमन १६ असारसम्म बन्द गर्ने घोषणा गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २८ २०७७०६:५६:२७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend