आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओलीलाई गगन थापाको जवाफ : यसो गरे नेपाल कोरोनामुक्त !

केपी ओलीलाई गगन थापाको जवाफ : यसो गरे नेपाल कोरोनामुक्त !

  • मिडिया डबली
  • मंगलवार, जेठ २७ २०७७

  • 5.7K
    SHARES

  • केपी ओलीलाई गगन थापाको जवाफ : यसो गरे नेपाल कोरोनामुक्त !

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद गगनकुमार थापाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग कोरोना महामारी नियन्त्रणमा खर्च भएको रकमको हिसाब मागेका छन् ।

    मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले कोरोनाको महामारी रोक्न सरकारले खर्च गरेको १० अर्बको १–१ रुपैयाँको हिसाब खोज्ने बताएका छन् ।

    ‘१० अर्ब खर्च कहाँ भयो ? हामीलाई यसको हिसाब चाहिन्छ,’ थापाले भने, ‘५ वटा पीसीआर मेसिन, २५ हजार कीट किनेर १० अर्ब रुपैयाँ हिसाब देखाउनु पर्दैन ? हामीलाई १–१ रुपैयाँको हिसाब चाहिन्छ ।’

    सांसद थापाले राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा चुर्लुम्ब लिप्त हुनु भनेको निर्लज्जताको पराकाष्ठा भएको बताएका छन् । पछिल्लो समय क्वारेन्टाइन मान्छे मार्ने थलोको रुपमा देखिएको उनले बताए ।

    प्रधानमन्त्रीले क्वारेन्टाइनमा १ लाख ६६ हजार मान्छे बस्न सक्छन् भनेको उल्लेख गर्दै उनले भने, ‘क्वारेन्टाइनमा १ लाख ६६ हजार बस्छन् भनेर प्रधानमन्त्री आरामले भनिरहनुभएको छ । मान्छे मार्ने कन्सेन्ट्रेसन क्याम्प हो ?’

    कोरोना संक्रमित बढ्दै जाँदा परीक्षणको दायरा झन् कम भएको भन्दै सांसद थापाले असन्तुष्टि जनाएका छन् । सुदूरपश्चिम प्रदेशमा स्वाब संकलन नै रोकिएको, २ नम्बर प्रदेशका हजारौंको स्वाब संकलन गरे पनि रिपोर्ट नआइपुगेको भन्दै नेता थापाले परीक्षणको दायरा बढाउन र शीघ्र रिपोर्ट दिन माग गरेका छन् ।

    ‘अदालत, संसद र विज्ञले पीसीआर परीक्षणको दायरा बढाऊ भने पनि सुदूरपश्चिममा स्वाब संकलन रोकिएको छ, प्रदेश २ का दशौं हजार मानिसहरूको रिपोर्ट नआएर छटपटाइरहेका बेला सरकारले परीक्षणको दायरा साँघुरो बनाउँदैछ,’ उनले भने, ‘अब क्वारेन्टाइनमा बसेका मानिसको पीसीआर परीक्षण नगर्ने रे ? मरेको मान्छेको स्वाब संकलन नगर्ने रे ! अब संक्रमित मानिसलाई १४ दिन क्वारेन्टाइन राखेपछि घर पठाउने बेलामा पनि परीक्षण नगर्ने रे !’

    सांसद थापाले परीक्षणको दायरा साँघुरो बनाउनुभन्दा परीक्षण नै बन्द गरे १ जना पनि संक्रमित नदेखिने भन्दै ओली सरकारमाथि व्यंग्य गरेका छन् । ‘सरकारले यसो गरे हुन्छ, परीक्षण नै बन्द गर्दिने अनि नेपाललाई कोरोनामुक्त देश भनिदिने,’ व्यंग्य गर्दै सांसद थापाले भने, ‘परीक्षण नभएपछि संक्रमित १ जना पनि देखिँदैन । जवाफ चाहियो, जिम्मा कसले लिने हो ?

    स्वास्थ्य मन्त्रालयमा भएको सरुवालाई लिएर सांसद थापाले केही कर्मचारीलाई सरुवा गरेर दोषबाट भाग्न नपाइने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २७ २०७७०९:२४:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend