काठमाडौं – कोरोना भाइरस संक्रमणको उद्गमस्थन चीनमा कोरोनापछि अर्काे विपद आएको छ ।
चीनको दक्षिणपश्चिम प्रान्त क्विझाओमा केही दिनदेखि अविरल वर्षापछि आएको बाढी र डुबानका कारण कम्तिमा पनि ८ जनाको मृत्यु भएको छ ।
स्थानीय विपत व्यवस्थापन विभागका अनुसार वर्षाका कारण २ लाख १५ हजारभन्दा बढी व्यक्ति प्रभावित बनेका छन् ।
क्विझाओमा मे ३१ देखि निरन्तर परेको वर्षाका कारण कम्तिमा ८ शहर प्रभावित बनेपछि हजारौं नागरिकलाई सुरक्षित स्थलमा सारिएको छ ।
मंगलवार बिहानसम्म बाढीका कारण कम्तिमा १० हजार ७०० हेक्टर जमिनको बाली र २ हजार ८६६ घरहरुमा क्षति पुगेको विभागले जानकारी दिएको चिनियाँ सञ्चारमाध्यमले लेखेका छन् ।
क्विझाओ प्रान्तले बाढी तथा डुबानबाट बढी प्रभावित क्षेत्रमा ६८ लाख युआनसहित विपत व्यवस्थापनका लागि आवश्यक सामानहरु तत्काल राहतका रुपमा पठाएको समाचारमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।