आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मन्त्रिपरिषद् बैठक अकस्मात स्थगित

मन्त्रिपरिषद् बैठक अकस्मात स्थगित

  • मिडिया डबली
  • मंगलवार, जेठ २७ २०७७

  • 5.1K
    SHARES

  • मन्त्रिपरिषद् बैठक अकस्मात स्थगित

    काठमाडौं – लकडाउन खुकुलो पार्ने विषयमा निर्णय हुने अपेक्षा गरिएको मन्त्रिपरिषद्को बैठक एकाएक स्थगित भएको छ ।

    संसदमा बजेटमाथि मन्त्रालयगत छलफल भइरहेकाले आज मंगलबार साँझ ६ बजे बोलाइएको बैठक स्थगित भएको जनाइएको छ ।

    एक मन्त्रीका अनुसार अर्को मन्त्रिपरिषद् बैठकको मिति र समय तय भइसकेको छैन ।

    प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिइरहेका छन् । मन्त्रिपरिषद्को बैठक निर्धारण गरिए पनि मन्त्रीहरू संसदमै भएकाले अकस्मात बैठक स्थगित भएको हो ।

    मंगलवारको मन्त्रिपरिषद् बैठकमा लकडाउन खुकुलो पार्ने सम्बन्धी विषयमा कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको प्रस्तावमा छलफल हुने चर्चा चलेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २७ २०७७०७:४७:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend